नष्ट गरिएका कुखुरा अलपत्र छाड्दा त्रासमा सर्वसाधारण
मकवानपुर : बर्डफ्लु प्रभावित क्षेत्रमा नष्ट गरिएका कुखुराको व्यवस्थापन नहुँदा संक्रमण फैलिने खतरा बढेको छ। नष्ट गरिएका कुखुरा राम्ररी नपुर्दा संक्रमणको जोखिम बढेको हो।
हेटौँडा उपमहानगरपालिका–७ मा शनिबार राति १२ बजेसम्म हजाराैँ कुखुरा नष्ट गरिएको थियो। नष्ट गरिएका कुखुरा खोल्डोमा हालेर माटोले राम्रोसँग पुरिएको छैन। राम्ररी नपुरिएकाले कुकुर र कागलगायतका पंक्षीले कुखुराबाहिर लग्ने गरेको स्थानीय बासिन्दाले बताए।
कुखुरा राम्रोसँग नपुर्दा स्वास्थ्य जोखिम बढ्ने त्रास स्थानीयमा रहेको उनीहरूको भनाइ छ। उक्त क्षेत्रमा २१ जना प्राविधिकले आइतबार बिहानदेखि कुखुरा नष्ट गरिरहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?