न्याम्सको उपकुलपतिमा प्रा.डा.देवनारायण साह
काठमाडौं : प्रा.डा. देवनारायण साह चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति नियुक्त भएका छन्।
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले साहलाई शुक्रबार उपकुलपति नियुक्त गरेका हुन्। यसैगरी न्याम्सका अन्य पदाधिकारी पनि नियुक्त भएका छन्।
पर्साका प्रा.डा. सुबोधकुमार अधिकारी रेक्टर, पाँचथरकी प्रा. प्रमिला देवान रजिस्ट्रार, सुनसरीका प्रा.डा. पियूष दाहाल डिन , सप्तरीका डा. केदारप्रसाद सेञ्चुरी वीर अस्पतालको निर्देशक र ट्माको निर्देशकमा डा. प्रमोद यादव नियुक्त भएका छन्। प्रधानमन्त्री ओलीको उपस्थितिमा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत पदाधिकारीलाई शुक्रबार बालुवाटारमा पद तथा गोपनियताको सपथ गराए।
उनीहरूको पदावधि चार वर्षको हुनेछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण