मधेशी स्वास्थ्यकर्मी फोरममा साह
विराटनगर : मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश १ को सम्पन्न अधिवेशनले हरिशङ्करप्रसाद साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
दुई दिने अधिवेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको सङ्घीय प्रेस फोरम नेपाल जिल्ला कार्यसमितिद्वारा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो।
समितिका उपाध्यक्षमा सुरेशकुमार पण्डित, मञ्जु यादव, मनोजकुमार यादव, रामनारायण शर्मा र गिरधारीप्रसाद साह छन् भने मुख्य सचिवमा शिवनारायण यादव, सचिवमा अजय मण्डल र रामानन्दप्रसाद गुप्ता तथा र कोषाध्यक्षमा रामअवतार यादव छन्।
यस्तै सदस्यहरूमा हरिनारायण यादव, रवीन्द्रकुमार महतो, रेणुका चौधरी, कञ्चन ठाकुर र सुरेश महतोलाई चयन गरिएको छ।
सो अवसरमा अध्यक्ष साहले सरकारले गरेको कर्मचारी समायोजनामा स्वास्थ्यकर्मीलाई तह घटुवा गरेको आरोप लगाए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य