Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यकर्मीले पाएनन् ६ महिनादेखिको तलबभत्ता

स्वास्थ्यकर्मीले पाएनन् ६ महिनादेखिको तलबभत्ता

जुम्ला : जिल्लाका सात स्थानीय तहका स्वास्थ्यकर्मीले ६ महिनादेखिको तलबभत्ता पाएका छैनन्। जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले तलबभत्ता भुक्तानी माग गरेका छन्।

नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठन, नेपाल नर्सिङ संघलगायतले संयुक्तरूपमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेमार्फत ध्यानाकर्षण गरेका हुन्।

ज्ञापनपत्रमा कात्तिकदेखि हालसम्मको तलबभत्ता नपाएको र पटक–पटक सम्बन्धित निकायमा पहल गर्दा पनि सुनुवाइ नभएकाले कर्मचारीको दैनिक जीवन कष्टकर भएको उल्लेख गरिएको छ।

सरकारबाट तलबभत्ता शीर्षकमा विनियोजित बजेट जुम्लामा कार्यरत स्वास्थ्यकर्मीको वार्षिकरूपमा अपुग हुँदै आएकाले आर्थिक वर्ष ०७४\७५ र ०७५\७६ मा अपुग तलबभत्ता शीर्षकमा रकम थप गरी पठाउनका लागि आवश्यक पहल गरिदिन माग गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी बञ्जाडेले स्वास्थ्यकर्मीले तलब नपाएको विषयमा स्वास्थ्यमन्त्रीसँग कुरा राख्ने आश्वासन दिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार