Health TV Online
Health TV Online
Health TV Online

रेडक्रसकाे ब्लड बैंक अब केन्द्रीय कार्यालय सोल्टीमोडमा

रेडक्रसकाे ब्लड बैंक अब केन्द्रीय कार्यालय सोल्टीमोडमा

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले ललितपुरको बालकुमारीबाट सञ्चालन गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) आइतबारदेखि केन्द्रीय कार्यालय  सोल्टीमोडबाट शुरु भएको छ।

२०७२ साल वैशाखको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि रेडक्रसले सो सेवा २०७२ पुसदेखि बालकुमारीमा रहेको रक्तसञ्चार आपत्कालीन सेवा केन्द्रबाट दिँदै आएको थियो।

बालकुमारीमा ब्लड बैंक टाढा भएको धेरै जनगुनासो आएपछि आफूहरूले ब्लड बैंकको सेवा दिने ठाउँ पायक पर्ने ठाउँमा सारेको ब्लड बैंकका निर्देशक डा. मनिता राजकर्णिकारले बताइन्। बालकुमारीको भवन साँघुरो भएको र धेरै सेवाग्राहीलाई अपायक परेको गुनासो आइरहेकाले सबैलाई पायक पर्ने ठाउँमा ब्लड बैंक सारेको जानकारी दिइन्।

यो नयाँ भवनमा धेरै सेवाग्राहीलाई पायक पर्ने र सेवा दिन सहज हुने साेसाइटीका अध्यक्ष संजीव कुमार थापाले बताए ।  देशभरका विभिन्न ७३ जिल्लाका १०८ स्थानमा रहेका सोसाइटीका रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूको समन्वय तथा सहयोग लगायतको कामहरु पनि सोल्टीमोडस्थित नयाँ भवनबाट हुने थापाले जानकारी िदए । उनले भने, भूकम्पले क्षति बनाएको भृकुटीमण्डपमा भवन निर्मांणकार्य भइरहेको र सो अत्याधुनिक भवनको निर्माण सम्पन्न भएपछि त्यहीँबाट सेवा शुरु हुनेछ। यहाँ केही समयका लागि मात्र हाे।

केन्द्रले काठमाडौंमा मात्र दैनिक ४ सय पिन्ट रगत आपूर्ति गर्दै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार