‘संविधान बन्ने बेलामा ताली बजाएर स्वागत गर्ने, अहिले स्थानीय तहमा जान्न भन्ने!’
काठमाडौं : स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकहरूले कर्मचारी समायोजनमा सहभागी हुन्न भन्नु गलत भएको बताएका छन्।
नेपाल मेडिकल काउन्सिलको ५६औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले प्रदेश र स्थानीय तहमा जान्न भन्नु संविधानविपरीत भएको बताएका हुन्।
‘संविधान बन्ने बेलामा ताली बजाएर स्वागत गर्ने’, उनले भने, ‘अहिले स्थानीय तहमा जान्न भन्न मिल्छ?’ मन्त्री यादवले चिकित्सकहरूले त्यही बेला विचार पुर्याउनुपर्ने बताए।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले चिकित्सकहरूको पेशागत दक्षता अभिवृद्धिका लागि काम गरिरहेको बताए। उनले पेशागत दक्षताका लागि लिनुपर्ने सीपीडी अर्थात् ‘कन्टिन्युइङ प्रोफेसनल डेभलप्मेन्ट’ तालिम शुरु गर्ने योजनामा रहेको बताए।
कार्यक्रममा चिकित्साविद प्रा.डा. रमेशकान्त अधिकारी, डा. भोला रिजाल, काउन्सिलका पूर्व अध्यक्ष डा. सोमनाथ अर्ज्याल, डा. विजय शर्मा, लोकेन्द्र मल्लिक, प्रा.डा. ढुण्डी पौडेललगायतले धारणा राखेका थिए ।
कार्यक्रममा काउन्सिलमा लामो समय काम गर्ने कर्मचारी देवकुमार चौधरीलाई २१ हजार २१ रुपैयाँ नगद सहित जेष्ठ दीर्घसेवा सम्मान प्रदान गरिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण