वालिङमा ‘हाइवे ट्रमा’ घुम्ती अस्पताल
वालिङ : गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र वालिङ नगरपालिकाबीच ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालनका लागि सम्झौता भएको छ ।
वालिङमा रहेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ को रुपमा विकास गर्ने गरी मन्त्रालयका तर्फबाट सचिव दीर्घनारायण पौडेल र नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। मन्त्रालयको आर्थिक सहयोग र नगरपालिकाको व्यवस्थापन एवं समन्वयमा ५७ लाख रूपैयाँ लागतमा ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालनमा आउने भएको हो।
प्रदेश अन्तर्गतका मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न स्याङ्जा, तनहुँ र पर्वतका तीन अस्पताललाई ‘हाइवे ट्रमाघुम्ती अस्पताल’ का रूपमा विकास गरिने भएको हो । सडक दुर्घटनाबाट हुने मृत्यु र अपाङ्गताको दरलाई न्यूनीकरण गर्ने, उद्धार समूह सञ्जाल तयार गर्ने, द्रुत सूचना एवं सञ्चारमार्फत उचित आकस्मिक उपचारको व्यवस्था गर्ने ‘हाइवे ट्रमाघुम्ती अस्पताल’ को उद्देश्य छ।
अत्याधुनिक एम्बुलेन्स, सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न एम्बुलेन्समै चिकित्सक एवं स्वास्थ्यकर्मी, औषधि तथा आवश्यक उपकरण एम्बुलेन्समा हुनुपर्छ। ‘सामाजिक विकास मन्त्रालयसँग भएको सम्झौता अनुसार आगामी एक–डेढ महीनाभित्र निर्माण कार्य सकेसँगै सञ्चालनमा आउने छ’, नगरप्रमुख खाँणले भने।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’