धेरै क्यालाेरी चाहियाे? उखु खानुस्
उखुको बहुप्रयोग हुन्छ। सोझै चुसेर वा पेलेर रस पनि खान सकिन्छ। सख्खर, गुड र चिनी उखुबाटै बनाइन्छ ठीक मात्रामा उखु वा उखुजन्य पदार्थ सेवन गर्दा स्वास्थ्यका लागि फाइदा हुन्छ।
उखुमा क्यालोरी बढी नै हुन्छ । त्यस्तै, कार्बोहाइड्रेट र ग्लुकोज पनि पाइन्छ। यसर्थ, उखु खाएमा ऊर्जा प्राप्त हुने, स्फूर्ति बढाउने, रगतमा ग्लुकोजको मात्रा कायम हुन्छ । तर, फाइदा हुने नाममा धेरै उखु सेवन गर्नु पनि हानिकारक हुन्छ भन्ने बुझ्न जरुरी छ ।
उखुमा दिनभरलाई धान्न सक्ने क्यालोरी पाइन्छ। तर, उखु बढी खाएमा मोटोपना बढ्न सक्छ। यसप्रति सचेत हुनुपर्छ ।
मधुमेहका बिरामीले सकभर उखु नखानु र खाए पनि मात्रा कम गर्न उचित हुन्छ। उखुमा प्रशस्त मात्रामा पाइने सुगरले बिरामीलाई असर गर्छ।
उखुको अत्यधिक सेवनले शरीरमा ग्लुकोजको मात्रा बढेर मोटोपनको सम्भावना उच्च हुन्छ । साथै, मधुमेह लाग्ने खतरासमेत रहन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?