सरकारी चिकित्सकको माग पूरा भएन, गाेदान भन्छ, आन्दोलनको विकल्प छैन
काठमाडौं : सरकारले स्वास्थ्यतर्फका २७ हजार ३०२ कर्मचारी समायोजन भएको जनाएको छ।
स्थानीय तहमा २२ हजार १ सय ७६, प्रदेशमा २ हजार ३ सय ९४ र संघमा २ हजार ७५ जना कर्मचारी समायोजन भएका छन्। ६५७ कर्मचारी भने फाजिलमा परेको सरकारले जनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी कर्मचारी समायोजन पूरा भएको जानकारी दिए पनि स्वास्थ्यतर्फका कर्मचारीहरूको सूची भने सार्वजनिक गरिएको छैन।
समायोजनमा असन्तुष्ट रहँदै आएका चिकित्सक पनि समायोजनमा परेको बुझिएको छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार एक हजार चार सय भन्दा बढी सरकारी चिकित्सक स्थानीय तह र संघमा समायोजन गरिएका छन्।
सरकारी चिकित्सक संघ (गाेदान)ले आफूहरूसँग गरिएको सहमतिविपरीत समायोजन भएको भन्दै आन्दोलनको विकल्प नरहेको प्रतिक्रिया दिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?