लगानी सम्मेलनलाई लक्ष्य गर्दै काठमाडाैंका ६ अस्पताल तयारी अवस्थामा
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगानी सम्मेलनमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राखी विभिन्न छ अस्पताललाई तयारी अवस्थामा राखेको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको वीर, निजामती, सैनिक, पाटन, भक्तपुर तथा त्रिविवि शिक्षण अस्पताललाई तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ। साथै निजी क्षेत्रका अन्य अस्पताललाई पनि तयारी अवस्थामा राखिएको मन्त्रालयलको आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख चूडामणि भण्डारीले जानकारी दिए।
सम्मेलनस्थलमा विज्ञ चिकित्सक, नर्स, उपकरण, औषधिसहितको एम्बुलेन्ससमेत रहने छ ।
प्रधानमन्त्री ओलीले भोलि उद्घाटन गर्ने दुईदिने सम्मेलन भोलि शुरु हुँदैछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण