स्वास्थ्यसेवाका २७ हजार ३०२ कर्मचारी समायोजनमा
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय संरचना अनुसार कर्मचारीको समायोजन पूरा भएको बताएको छ।
मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलनमा मन्त्री लालबाबु पण्डितले सबै सेवाका कर्मचारीको समायोजन सकिएको घोषणा गरेका हुन्।
मन्त्रालयका अनुसार स्वास्थ्यका सहित एक लाख ३१ हजार कर्मचारी समायोजन भएका हुन्। स्वास्थ्यका २७ हजार ३०२ कर्मचारी समायोजन भएको बताइएको छ।
स्वास्थ्य सेवा अन्तर्गत स्थानीय तहमा २२ हजार १ सय ७६, प्रदेशमा २ हजार ३ सय ९४ र संघमा २ हजार ७५ जना कर्मचारी समायोजन भएका छन्। ६५७ कर्मचारी भने फाजिलमा परेका छन्।
मन्त्रालयले चार हजार १७ वटा स्वास्थ्य संस्थामार्फत स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाहकाे व्यवस्था गरिएकाे जनाएकाे छ। यस्तै ३०८ वटा आयुर्वेद औषधालयहरू सम्बन्धित स्थानीय तह मातहत रहनेगरी हस्तान्तरण गरेकाे र २७ प्राथमिक अस्पताल सम्बन्धित स्थानीय तह मातहत व्यवस्थापन गरेकाे मन्त्रालयकाे भनाइ छ।
स्थानीय तहकाे कुल दरबन्दीकाे ३८ प्रतिशत स्वास्थ्यसेवाकाे दरबन्दी कायम गरिएकाे मन्त्रालयले जनाएकाे छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य