गंगालालमा कार्डियाक पेडियाट्रिक वार्ड शुरू
काठमाडौं : बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रले बालबालिकाको मुटु उपचारका लागि छुट्टै वार्ड शुरु गरेको छ।
कार्डियाक पेडियाट्रिक वार्डको उद्घाटन बुधबार केन्द्रका निर्देशक डा. ज्योतिन्द्र शर्माले गरे। वार्ड स्थापनासँगै बालबालिकालाई छुट्टै राखेर उपचार गर्न सकिने र यसले उपचारमा सहजता ल्याउने वार्ड इञ्चार्ज डा.उर्मिला शाक्यले बताइन्। बच्चाकै लागि भनेर १२ वटा बेड छुट्याएको उनले जानकारी दिइन्।
अस्पतालले यसअघि अन्य बिरामीसँगै राखेर बालबालिकाको मुटुको उपचार गर्दै आएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?