प्रदेश ३ मा मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम शुरु हुँदै
हेटौँडा : नसर्ने रोगको समयमा नै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलता न्यूनीकरण गर्न स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले प्रदेश ३ सरकारले मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गर्ने भएको छ।
हेटौँडा अस्पतालबाट चैत १७ गतेदेखि मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम शुरु हुने प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता सतिश विष्टले जानकारी दिए। यसबाहेक धादिङ अस्पताल, भरतपुर अस्पताल, चौतारा अस्पताल र सिन्धुली अस्पतालमा पनि उक्त कार्यक्रम लागू हुने उनले बताए।
गत माघ २४ गतेको मन्त्रिपरिषद् बैठकमाट पारित कार्यविधिअनुसार मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम हेटौँडा अस्पतालबाट शुरु हुनेछ। चालु आर्थिक वर्षमा पाँच जिल्ला अस्पतालबाट सेवा सुरु गर्ने जनाइएको छ।
चालु आवमा ३० वर्षभन्दा माथिका विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, शहीद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताइएको छ।
त्यसका लागि वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ। वडाको सिफारिसको आधारमा लक्षित वर्गका नागरिकले अस्पतालबाट १६ प्रकारको जाँच सेवा निःशुल्क पाउनेछन्। समग्र स्वास्थ्य परीक्षण प्याकेजमा यूएसजी, ईसीजी, फोक्सो, कलेजो, मिर्गौला जाँच, रगत परीक्षणलगायत छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य