म्याग्दीमा बृहत् योग शिविर शुरु
म्याग्दी : गण्डकी प्रदेशको स्वास्थ्य जीवन अभियानअन्तर्गत बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा निःशुल्क बृहत् योग शिविर शुरु भएको छ।
सामाजिक विकास मन्त्रालय र नवीन आनन्द योग केन्द्रको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने शिविरमा योगाभ्यास, विशेषज्ञ आयुर्वेद स्वास्थ्य उपचार, मधुमेह, बाथ, मुटु, मिर्गौला र मोटोपनासम्बन्धी रक्त परीक्षण सेवा पनि दिइने भएको छ।
शिविरको उद्घाटन कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुनले नसर्ने रोगको जोखिम न्युनीकरणका लागि योगाभ्यासलाई आम नागरिकको पहुँचसम्म पुर्याउनुपर्ने बताए। नसर्ने रोगबाट बच्नका लागि स्वस्थ जीवनशैली, खानपान र योगाभ्यास आवश्यक रहेको उनकाे भनाइ छ।
योगी विकासानन्दले सहजीकरण गर्नुहुने शिविरमा बेनी बजारका बासिन्दा, व्यापारी, व्यवसायी, कर्मचारी, राजनीतिज्ञको सहभागिता छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?