बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय स्थापना
महोत्तरी : बर्दिवास नगरपालिकामा मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय स्थापना भएको हो।
सरकारले आर्थिक वर्ष ०७३\७४ मा बर्दिवासमा कलेज स्थापना गर्ने निर्णय गरेको थियो। कलेज स्थापनाको लागि आवश्यक ७५ रोपनी जग्गा सिफारिस गरिएको र वनको जग्गा केही भएकाले प्रक्रिया रोकिएको छ। कलेजका लागि नपुग जग्गा स्थानीयले दिन तयार रहेको नगरप्रमुख विदुर कार्कीले बताए ।
कलेजको पूर्वाधार तयार गर्न पाँच वर्ष लाग्न सक्ने उनको भनाइ छ। विश्वविद्यालय अनुदान कोष बर्दिवास, सुर्खेत र बुटवलका लागि १०\१० करोड रकम छुट्याइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?