सुत्केरीलाई स्वास्थ्य संस्थाबाटै निःशुल्क घिउ
कञ्चनपुर : लालझाडी गाउँपालिकामा आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यचौकीबाट निःशुल्क घिउ लगायत सामग्री उपलब्ध गराउन व्यवस्था गरिएको छ।
स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको ‘बर्थिङ सेन्टर’मा सुत्केरी हुन आउने आमालाई विशेष सुत्केरी कार्यक्रमअन्तर्गत घिउसँगै नेलकटर, तौलिया, टुथब्रस, टुथपेस्ट र न्यानो झोला उपलब्ध गराउने व्यवस्था गरिएको छ।
सुत्केरी हुन आउने आमाहरूलाई सामग्री वितरणसँगै प्रयोग गर्ने तरिकासमेत सिकाउने गरिएको छ। व्यवहार परिवर्तन गर्न र आमा र शिशुलाई स्वस्थ राख्न सामग्री निःशुल्क उपलब्ध गराई प्रयोग गर्न सिकाउने व्यवस्था समेत गरेकाे स्वास्थ्यचौकी प्रमुख श्यामनारायण गुप्ताले बताए।
गाउँपालिकामा रहेका लालझाडी स्वास्थ्यचौकी, नौरङ्गा स्वास्थ्यचौकी र देखतभूली स्वास्थ्यचौकीमा कार्यक्रम लागू गरिएको छ। जिल्लामै पहिलो पटक लागू गरिएको कार्यक्रमका माध्यमबाट मातृ र शिशु मृत्यु दरमा कमी ल्याउन मद्दत पुग्ने बताइएको छ। स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा असार मसान्तदेखि हालसम्म ५६ महिला सुत्केरी भएका छन् ।
गत वर्षको यसै अवधिमा स्वास्थ्यचौकीमा ६० महिला सुत्केरी भएका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?