सडककाे स्तराेन्नतिसँगै गाउँमा एम्बुलेन्स
कञ्चनपुर : लालझाडी गाउँपालिकाको शङ्करपुर स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा शुरु गरेको छ। सडकको स्तरोन्नतिसँगै एम्बुलेन्स सेवा सञ्चालन गरिएकाे हाे।
बिरामीलाई स्वास्थ्यचौकी पुर्याउन र अवस्था गम्भीर भएका बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पठाउन निकै सहज भएको स्वास्थ्य चौकीका प्रमुख श्यामनारायण गुप्ताले बताए।
सडकको बिग्रँदो अवस्थाका कारण यातायातका साधन सञ्चालन नहुँदा बिरामी र गर्भवती महिलालाई गोरु गाडामा राखेर शङ्करपुरका बासिन्दाले स्वास्थ्य चौकी पुर्याउँदैआएका थिए ।
‘एम्बुलेन्स नहुँदा बिरामी र सुत्केरी हुने महिलालाई गोरु गाडामा स्वास्थ्यचौकी पुर्याउनुपर्ने बाध्यता थियो’, गाउँपालिका–३ का वडाध्यक्ष शिवनारायण चौधरीले भने, ‘सडक नै भरपर्दो नभएपछि यातायातका साधन सञ्चालन हुँदैनथे। सडकको स्तरोन्नति भएपछि एम्बुलेन्स सेवा सञ्चालन गर्न सहज भएको छ।’
गाउँपालिका अध्यक्ष मदनसेन वडायकले ऋण लिएरै भए पनि सडक स्तरोन्नतिको काम पूरा गरेरै छाड्ने योजना रहेकाे बताए। ‘सडककै कारण बिरामी परेका बासिन्दाको ज्यान नजाओस् भन्ने कुरालाई मध्यजनर गरी एम्बुलेस ल्याएका हौंँ ‘ उनले भने।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’