बिरामीले रोग लुकाउने कारण क्षयरोग न्यूनीकरणमा समस्या
तनहुँ : क्षयरोग लागेका बिरामीले रोग लुकाउने कारण समस्या समाधान गर्न नसक्दा रोग न्यूनीकरणका लागि समस्या हुने गरेको पाइएको छ। गरिबीका साथै रोगसम्बन्धी सचेतना नहुँदा क्षयरोगका बिरामी बढेकाे छ।
करिब २० प्रतिशत क्षयरोगका बिरामी उपचारका लागि नआउँदा न्यूनीकरणमा समस्या भएको स्वास्थ्य कार्यालय तनहुँका जनस्वास्थ्य अधिकृत ऐश्वर्यचन्द्र भट्टराईले बताए।
जिल्लामा १९० जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। व्यापक गरिबी र अशिक्षाले व्याप्त समाज भएकाले क्षयरोगबाट संक्रमितमध्ये ६० प्रतिशत वयस्क जनशक्ति रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाह्राकोटीले जानकारी दिए। बाराकोटीका अनुसार नेपालमा प्रत्येक दिन एक सय २० जना नयाँ बिरामी हुन्छन्।
दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जिल्लामा रहेको छ वटा गाउँपालिका र चार वटा नगरपालिका गरी १० वटै स्थानीय तहसँग समन्वय गरी लुकेका क्षयरोगी पत्ता लगाउने र रोगबारे जनचेतनामुलकअभियान जरुरी रहेको बताए।
नगरपालिकाले क्षयरोगसम्बन्धी मात्रै काम गर्ने गरी एक जना कर्मचारीको व्यवस्था गर्नको लागि माग गरिएको उनले बताए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य