सीता दाहालको स्वास्थ्यमा सुधार
काठमाडाैं : अमेरिकामा उपचाररत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ।
पार्किन्सस् रोगबाट ग्रसित दाहालको एक हप्ताको उपचारपछि स्वास्थ्यमा निकै सुधार आएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार दाहालको स्वास्थ्यमा पहिलेभन्दा निकै सुधार आएको छ र सोमवार ‘रिर्पोर्ट’ आएपछि सबै कुरा स्पष्ट हुन्छ । आफैँ हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकी सीता अहिले आफैँ हिँडडुल गर्ने अवस्थामा पुगेकी छिन्।
सोमबारको रिपोर्ट हेरेर थप उपचार गराउनुपर्ने वा फर्किनु पर्ने तय हुने बताइएको छ। सीताको उपचार अमेरिकाको जोन हप्किङ्स अस्पतालमा भइरहेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?