आज आकस्मिकबाहेकका सेवा बहिस्कार गर्दै सरकारी चिकित्सक
काठमाडौं : कर्मचारी समायोजन प्रक्रियाविरुद्धमा आन्दोलनमा रहेका सरकारी चिकित्सकहरुले शुक्रबार आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने भएका छन्। विहिबार सरकारसँग वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेपछि उनीहरुले पूर्व घोषित कार्यक्रम यथावत राख्ने भएका हुन्।
सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले स्वास्थ्यमन्त्री उपेन्द्र यादव वार्तामा सिरियस नभएको बताए। हेरौंला र विचार गरौंला जस्ता कुरा गर्नुभयो, उनले भने। त्यसैले पनि हाम्रा आन्दोलनका कार्यक्रम जारी राख्नुको विकल्प भएन,’ संघका अध्यक्ष पाण्डेले भने ।
शुक्रबार विहान १० बजे चिकित्सकहरु वीर अस्पतालमा जम्मा भई माइतीघर मण्डलामा पुगेर विरोध जनाउने छन् । सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघका प्रतिनिधीसमेतको टोलीले विहिबार स्वास्थ्य मन्त्रीलाई भेटेका थिए ।
सरकारी चिकित्सकहरु आफूहरुलाई संघ अन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा खटाउन माग गर्दै आन्दोलनमा छन्। देशभर १४ सयको हाराहारीमा सरकारी चिकित्सकहरु कार्यरत छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण