२७ औँ वार्षिकोत्सवको अवसरमा स्पार्क हेल्थ होमकाे निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं : स्पार्क हेल्थ होम अस्पताल कालिमाटीले २७ औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
यही फागुन ११ गते हुने एकदिने शिविरमा हाडजोर्नी तथा नशारोगसम्बन्धी बिरामीले सेवा लिन सक्ने अस्पतालका निर्देशक रूपेश अधिकारीले जानकारी दिए। ‘हामीले विशेषगरी हाडजोर्नी र नशासम्बन्धी बिरामीलाई मध्यनजर गरेर यो शिविर राखेका हौँ’, उनले भने, ‘करिब ३०० जनाले सेवा लिने अपेक्षा गरेका छौँ।’
विशेषगरी हड्डी खिइएका,नशा च्यापिएका, प्यारालाइसिस, ढाड दुख्नेलगायत समस्या भएका बिरामीले यस शिविरबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ।
अस्पतालबाट सेवा लिई स्वास्थ्य लाभ लिएका बिरामीको विचार संगालिएको किताब ‘स्पार्कले दिएको नयाँ जीवन’ समेत साेही दिन विमोचन गरिनेछ।
शिविर बिहान ८ बजेदेखि ३ बजेसम्म चल्नेछ। प्राकृतिक चिकित्सामा छुट्टै पहिचान बनाउन सफल अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर राख्दै आएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?