अब सिंहदरबारमा ‘स्मार्ट एम्बुलेन्स’
काठमाडौं : सरकारले सिंहदरबारमा भीआईपीका लागि स्मार्ट एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेको छ। केही दिनभित्रैमा विशेष सुविधासहितको एम्बुलेन्स सिंहदरबार, ट्रमा सेन्टर र वीर अस्पतालमा राख्न लागिएको जनाइएको छ।
वीर अस्पताल मातहत रहनेगरी सञ्चालनमा ल्याउन लागिएका यी एम्बुलेन्स यसअघि सञ्चालनमा रहेकाभन्दा विशेष सुविधासहितका हुनेछन्।
एम्लेबुन्समै मुटुको चाल, ईजीसी गर्ने, अक्सिजन दिन मिल्ने, रक्तचाप नाप्ने लगायतका ‘मिनी इमेरजेन्सी’ सुविधासहितको टिम रहने बताइएकाे छ। एम्बुलेन्स सञ्चालन निर्देशिका तयार भइसकेको र केही दिनमै सञ्चालनमा आउने वीरअस्पतालले जनाएको छ।
यी एम्बुलेन्समा आवश्यकता अनुसारका चिकित्सक तथा औषधीको व्यवस्था पनि वीर अस्पतालले नै गर्ने भएको छ। एम्बुलेन्समा खबर गर्नासाथ फोनमा आएको जानकारीअनुसार त्यही अनुसारको चिकित्सकसहितको टोली जाने र बाटैमा रोग पत्ता लगाएर सम्बन्धित अस्पतालमा पुर्याउन सकिनेछ।
अन्य देशहरूमा भीआईपीका लागि स्मार्ट एम्बुलेन्ससहितको स्वास्थ्य सुविधा हुने भए पनि नेपालमा भने पहिलो पटक यस्तो सेवा शुरु गर्न लागिएको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण