राजविराजमा आयोजित बृहत् स्वास्थ्य शिविरमा १२ हजारले लिए सेवा
काठमाडौं : नेपाली सेनासँगको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सप्तरीको राजविराजमा आयोजना गरेको बृहत स्वास्थ्य शिविरमा हालसम्म १२ हजार १२१ जनाले सेवा लिएका छन्।
फागुन १ गतेदेखि एक साताका लागि तय भएको शिविर बिरामीहरूको चाप बढेपछि चार दिन थप गरिएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए। शिविरमा दिनहुँ एक हजार ६ सय बिरामी आउने गरेको दासले जानकारी दिए
शिविरमा हालसम्म २४७ जनाको शल्यक्रिया भएको जानकारी दिइएकाे छ। तीमध्ये १५८ जनाको जटिल र बाँकीको सामान्य शल्यक्रिया गरिएको बताइएकाे छ।
शिविरभर ६० वटा शल्यक्रिया गर्ने लक्ष्य भए पनि बिरामीको चापका कारण यो संख्यामा शल्यक्रिया गरिएको दासले जानकारी दिए। शिविरमा प्रोष्टेट, पित्तथैली पत्थरी हर्निया, पाठेघरलगायतकाे शल्यक्रिया गरिएकाे हाे।
शिविरमा मेडिसिन, सर्जरी, स्त्री रोग, हाडजोर्नी, छालारोग, नाक–कान–घाँटी लगायत विभिन्न १८ विधामा उपचार भइरहेको छ। शिविरमा सप्तरी सुनसरी, उदयपुरलगायत भारत सीमावर्ती क्षेत्रका विरामीले सेवा लिइरहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण