बर्थिङ सेन्टर स्थापना
बर्दिया : गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ। सो बर्थिङ सेन्टर र मोहम्मदपुर स्वास्थ्यचौकी बुधबार प्रदेशसभा सदस्य तिलकराम शर्मा र गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले उद्घाटन गरे।
मोहम्मद पुर क्षेत्रमा योभन्दा पहिले प्रसूति केन्द्र नहुँदा नेपालगञ्ज वा गुलरियाको अस्पतालमा जानुपर्ने बाध्यता हटेको सदस्य शर्माले बताए।
कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख यादवले यस क्षेत्रमा भएको स्वास्थ्यचौकीलाई अझ प्रभावकारी बनाउन गुलरिया नगरपालिकाले भौतिक पूर्वाधार विस्तार गर्ने दाबी गरे।
मोहम्मदपुर स्वास्थ्यचौकी प्रमुख कुलबहादुर विष्टले प्रसूति केन्द्र स्थापना भएसँगै दक्ष जनशक्ति अभावलाई समाधान गर्न प्रदेश सरकार र नगरपालिकालाई आग्रह गरे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?