संकलित हस्ताक्षरसहित काठमाडाैंमा भेला हुँदै सरकारी चिकित्सक
काठमाडौं : कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सक आफूहरूले संकलन गरेको राजीनामा सरकारलाई बुझाउन काठमाडौंमा भेला हुँदैछन्।
विधेयक सच्याउन सरकारलाई दबाब दिँदै सरकारी चिकित्सक संघले स्वेच्छिक सामूहिक राजीनामाका लागि साेमबार हस्ताक्षर अभियान चलाएकाे थियाे।
साताव्यापी आन्दोलनमा रहेका सरकारी चिकित्सकहरूले संकलित राजीनामा सरकारलाई बुझाउने र माग पूरा नभए शुक्रबारदेखि सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन शुरु गर्ने संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए।
आन्दोलनमा साथ दिन सर्वसाधारणलाई अपिल गर्दै उनीहरूले मंगलबार रक्तदान गरेका थिए भने बुधबार सामूहिक विदामा बसेका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?