पर्वत अस्पतालमा थाइराइड परीक्षण शुरु
पर्वत : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) रुसको सहयोगमा जिल्ला अस्पतालमा थाइराइड परीक्षण सुविधा शुरु भएको छ।
एनआरएनए रुसले थाइराइड परीक्षणका लागि अत्याधुनिक उपकरण हस्तान्तरण गरेपछि सो अस्पतालमा पहिलो पटक थाइराइड परीक्षण सुविधा थपिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अत्याधुनिक थाइराइड परीक्षण गर्ने उपकरण अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीलाई मंगलबार हस्तान्तरण गरे। यसअघि थाइराइड परीक्षणका लागि हजारौँ रुपैयाँ खर्च गरेर बिरामी पोखरा जानुपर्ने अवस्थाको अन्त्य भएको छ।
पर्वतवासीका लागि स्वास्थ्य सेवा लिन सहयोग पुगोस् भनेर नयाँ उपकरण सहयोग गरेको एनआरएनएका अध्यक्ष रामेश्वर गौतमले जानकारी दिए। एनआरएनए रुसले जिल्लाको दक्षिणमा पर्ने बिहादी गाउँपालिकास्थित रानीपानी स्वास्थ्य चौकीलाई गत वर्ष एम्बुलेन्ससमेत हस्तान्तरण गरेको थियो ।
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेशभित्रका सबै सामुदायिक अस्पतालमा स्र्माट हेल्थ केयर सुविधा पुर्याउने लक्ष्य राखिएको जानकारी दिए। अस्पतालमा पुगेपछि बिरामीका लागि आवश्यक र क्षमता अनुसारको सबै सुविधा उपलब्ध गराउँदै स्मार्ट हेल्थ केयरको सुविधा दिने तयारी रहेको उनले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’