Health TV Online
Health TV Online
Health TV Online

सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्याे

सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्याे

डोटी : चालू आर्थिक वर्षमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या वृद्धि भएको छ।

नेपाल सरकारबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क दिइने भएपछि सो सेवा लिन आउनेको सङ्ख्या वृद्धि भएको स्वास्थ्यकर्मीले बताएका हुन्। डोटीमा सात महिनाको अवधिमा ३६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ।

आर्थिक वर्ष २०७५\७६ को साउनदेखि माघसम्म ३६२ महिलाले उक्त सेवा लिएका छन्। सोमध्ये २० वर्षभन्दा कम  ४७ र त्योभन्दा माथि उमेरका ३१५ छन्। जिल्ला अस्पातलका अनुसार गत आवमा भन्दा चालू आर्थिक वर्षमा उक्त सङ्ख्यामा तुलनात्मक रूपले वृद्धि भएको छ।

विगतमा सुरक्षित गर्भपतन सेवा आधिकारिक तथा निःशुल्क नभएकाले स्वास्थ्य कार्यालयमा जम्मा सङ्ख्या रेकर्ड नभएको अस्पतालका नर्स गौरी शाहीले बताइन्। यहाँ हाल जिल्ला अस्पतालसहित विभिन्न निजी अस्पतालसहित १७ स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार