स्वास्थ्य शिविरमै मृत्यु
सप्तरी : स्वाथ्य मन्त्रालयद्वारा राजविराजमा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका लागि आएका एक व्यक्तिको मृत्यु भएको छ।
कञ्चनरूप नगरपालिका ६, धरमपुरका ६५ वर्षीय गंगा मोचीको मृत्यु भएको हो। मुटु तथा उच्च रक्तचापको समस्या रहेका मोची शिविरको अस्थायी शौचालयमा मंगलबार बिहान मृत फेला परेका हुन्। हृदयाघातका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान चिकित्सकहरूले गरेका छन्।
पत्नि र छोरीसहित उनी उपचारका लागि सोमबार राजविराज आएका थिए। नाम दर्ता गराउन नसकेपछि उनी शिविर सञ्चालित पवि माविको कम्पाउण्डमै बसेका थिए। बिहान ५ बजे शौचालय गएका मोची लामो समयसम्म नफर्किएपछि हेर्न जाँदा मृत अवस्थामा फेला परेको पत्नी धनेश्वरीले बताइन्।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर गुरु तिमल्सिनाले जानकारी दिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य