माइतीघर मण्डलामा रक्तदान गरी विरोध जनाउँदै सरकारी चिकित्सक
काठमाडौं : कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सहरूले आज माइतीघर मण्डलामा रक्तदान गरी विरोध जनाउँदैछन्।
आफूहरूको आन्दोलनमा साथ दिन सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।
सरकारी चिकित्सकहरूले साताव्यपी कार्यक्रमअन्तर्गत बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात् सरकारलाई बुझाउन काठमाडौं भेला हुने कार्यक्रम तय गरेका छन्। त्यसो गर्दा पनि सम्बोधन नभए शुक्रबार सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन शुरु गर्ने चेतावनी उनीहरूले दिएका छन्।
यसअघि सोमबार देशभरका चिकित्सकहरूले विधेयक सच्याउन सरकारलाई दबाब दिँदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गरेका थिए।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारले आफूहरुसँग गरेको सम्भौता विपरित कार्य गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?