जिल्ला अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु
जाजरकोट : जिल्ला अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ। जिल्ला अस्पताल ५० शय्याको भए पनि विशेषज्ञ चिकित्सकअभावमा शल्यक्रिया जिल्ला बाहिर गरिँदै आएको थियो ।
अस्पतालमा शुक्रबारदेखि आइतबारसम्म चार जनाको सफल प्रसूति सेवा र एकजना भेरी नगरपालिका–४ की प्रमिला चन्दको शल्यक्रिया गरेर बच्चा निकालिएको डा. भूपेन्द्र मल्लले जानकारी दिए। चन्दको शल्यक्रियामा डा. सिलवालको नेतृत्वमा, डा मल्ल, डा केशरजङ्ग कार्की, डा. अमन रञ्जित र नर्स विद्या खत्री संलग्न थिए।
अस्पतालमा दैनिक दुई जनासम्म आकस्मिक प्रसूति शल्यक्रिया गर्न सकिने क्षमता भएको डा. मल्लले बताए। सञ्चालनमा आएको आकस्मिक प्रसूति सेवा निःशुल्क प्रदान हुने अस्पतालले जनाएको छ। सरकारले प्रसूति सेवा निःशुल्क गरेको छ। आइतबार साँझ बारेकोट गाउँपालिकाकी तीर्थ शाहीको एपेन्डसाइटको शल्यक्रियासमेत गरेको डा. मल्लले जानकारी दिए।
अति जटिल बाहेक सबै प्रकारका शल्यक्रिया सेवा अस्पतालबाटै दिन सकिने भएको उनले बताए। अब बिरामीलाई सामान्य खालका शल्यक्रियाका लागि पनि चौरजहारी, नेपालगञ्ज जानुनपर्ने उनकाे भनाइ छ। भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले नगरपालिकाबाट हुने सम्पूर्ण पहल गर्न तयार भएको बताए। जिल्लामै गुणस्तरीय सेवा दिनसक्ने भरपर्दो अस्पताल बनाउन आफ्नो भरपुर प्रयास रहने उनकाे भनाइ छ।
अब शल्यक्रियाकै लागि नेपालगञ्ज र काठमाडौँ जानु नपर्ने डाक्टर मल्लले दाबी गरे।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’