शिक्षण अस्पताल महाराजगञ्जको निर्देशककाे नाम सिफारिस गर्न सर्च कमिटी

काठमाडाैं : त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल महाराजगञ्जको निर्देशककाे नाम सिफारिस गर्न सर्च कमिटी गठन गरेको छ । विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा. डा.जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा तीन सदस्यीय कमिटी बनाएकाे हो । कमिटीका सदस्यहरुमा प्रा. डा. अभिमन्यु झा र डा. प्रदीप ज्ञवाली रहेका छन् ।
यसअघि गठन भएको सर्च कमिटीले निर्देशकको नाम सिफारिस गर्न नसकेपछि त्रिविले डीन अग्रवालकै संयोजकत्वमा दोस्रोपटक सर्च कमिटी बनाएको हाे । यसभन्दा अघिकाे कमिटीमा प्रा.डा. जीवन शेरचन र डा. रमेशसिंह भण्डारी सदस्य थिए ।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्