Health TV Online
Health TV Online
Health TV Online

मोबाइल फोनबाट रक्तसेवा शुरु

मोबाइल फोनबाट रक्तसेवा शुरु

रोल्पा : बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लामा ‘ब्लड फर रोल्पा’ मोबाइल अप्लिकेशनको सुरुवात गरिएको छ।

रोल्पाका आठ युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो। जिल्लामा ब्लड बैंक नहुँदा अप्रेसनको समयमा चाहिने रगत खोज्न निकै सकस हुने देखेर आफूहरूले युवाको सामाजिक दायित्व सम्झेर अभियान थालनी गरेको अभियन्ता विनोद डाँगीले बताए।

आकस्मिक रूपमा रगतको आवश्यक परे यो मोबाइल एपमा रहेका व्यक्तिको सम्पर्क नम्बरबाट थप जानकारी लिन सकिन्छ। हालसम्म आकस्मिक रक्तदान गर्न इच्छुक ५० जनाको विवरण एप्समा राखिएको जनाइएकाे छ। एन्ड्रोइड मोबाइलमा यो एप्स डाउनलोड गरी आफूलाई आवश्यक परेको खण्डमा रगत दिन चाहने व्यक्तिलाई आफैँले फोन गरी तुरुन्त बोलाउन सकिने डाँगीले जानकारी दिए। हालसम्म उक्त एप्समा रहेका छ जनाले रक्तदान गरिसकेको बताइएको छ ।

महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत डेलीभरी पूर्व रगत व्यवस्थापन गर्नुपर्ने भएकाले आफूहरूले सधैँ यसको सकस भोग्दै आएकाेमा ‘मोबाइल एप्लिकेसन’ अाएपछि राहत भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका मेडिकल सुपरीटेन्डेन्ट प्रकाश बुढाले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा