Health TV Online

शिविरमा गराए १५०० ले स्वास्थ्य परीक्षण

शिविरमा गराए १५०० ले स्वास्थ्य परीक्षण

राजविराज : सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा आयोजित बृहत् स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ।

न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा सप्तकोशी नगरपालिकाले शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।

न्यूरोलोजिस्ट डा. वीरेन्द्र विष्ट, न्यूरोसर्जन डा.यमबहादुर राना, हाडजोर्नी डा.नवीन कर्ण, डा.सुदीप खनियाँ, डा.समर्थ सिंह, डा.राजीव श्रेष्ठ, केशरबहादुर गुरुङ, फिजिसियन डा.नारायणी रोका, आँखा रोग डा.रेनुका राठी, स्त्री तथा प्रसूति रोग डा.सुरेशप्रसाद साह, बालबालिका डा.अमितप्रताप साह, दन्त रोगलगायतकाकाे टाेली स्वास्थ्य सेवा प्रदान गरेकाे न्यूरो अस्पतालका प्रमुख वीरेन्द्र विष्टले जानकारी दिए।

त्यस्तै स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले वर्तमान जीवनशैलीमा उच्च रक्तचापको बारेमा विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा कक्षा १० का मनोज साह पहिलो, अभिषेक कार्की दोस्रो र दिपिका चौधरी तेस्रो भएकाे सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्माले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा