इटहरी उपमहानगरमा नि:शुल्क औषधाेपचार

सुनसरी : इटहरी उपमहानगरले स्थानीय बासिन्दालाई निःशुल्क औषधि र उपचार सेवा उपलब्ध गराउन थालेको छ। शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत ओपीडी सेवा सञ्चालन गरेर उपमहानगरले निःशुल्क औषधि उपचार उपलब्ध गराउन थालेको हो।
केन्द्रले उपचार गर्न आउने बिरामीलाई उनीहरुको रोगको प्रकृति अनुसार निशुल्क ल्याब टेस्ट गर्नुका साथै उच्च रक्तचाप, मधुमेह, स्वाप्रश्वास र टाइफाइड जस्ता रोगको निःशुल्क औषधि दिने गरेको छ।
केन्द्रका अधिकृत चिकित्सक डा. गुञ्जन त्रितालका अनुसार अस्पतालको पहुँच नभएका सर्वसाधारणलाई लक्ष्य गरेर इटहरी उपमहानगरले नि:शुल्क स्वास्थ्य सेवा दिन थालिएकाे हाे। हाल केन्द्रमा निःशुल्क औषधि र उपचारका लागि दैनिक ३० देखि ४० जना आउने गरेका छन्।
उच्च रक्तचाप र मधुमेहको औषधि खान सुरु गरेपछि जीवन भर खानु पर्ने भएकाले कम आयश्रोत भएका शहरी गरिबहरूले नियमित रूपमा किनेर खान नसक्ने भएकाले उपमहानगरले ती औषधि निःशुल्क उपलब्ध गराउन थालेको डा. त्रितालले बताए।
केन्द्रले स्वास्थ्य परीक्षण पछि आवश्यकता अनुसार उच्च रक्तचाप, युरिक एसिड, दम, निमोनिया र टाइडफाइडकालागि एण्टिबायोटिक एमोक्सिसिलिन, सिप्रोफ्लोक्सिन, पिसाबको संक्रमण, ज्वरो रुघा खोकीलगायतको औषधि निःशुल्क वितरण गर्दै आएको छ। त्रितालका अनुसार ओपीडीमा पनि प्रेसर सुगर, बाथ, दम, थाइराइड, मोटोपन, मधुमेह र उच्च रक्तचापका बिरामी बढी आउने गरेका छन्।
केन्द्रमा चिकित्सक, जनस्वास्थ्य अधिकृत, दुईजना स्टाफ नर्स, एक जना हेल्थ असिस्टेण्ट लगायत ११ जनाले सेवा दिइरहेका छन्। केन्द्रमा ७० प्रकारका औषधि निःशुल्क दिइने गरेको छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा