Health TV Online

दिउँसै बन्द हुन्छन् जुम्लाका स्वास्थ्य चौकी

दिउँसै बन्द हुन्छन् जुम्लाका स्वास्थ्य चौकी

जुम्ला : सरकारी कार्यालय १० देखि ५ बजेसम्म खोल्नुपर्ने अनिवार्य नियम हो, तर जुम्लामा त्यो नियम लागू छैन। स्वास्थ्य संस्था दिउँसै बन्द हुने यहाँको परम्परा नै बनेकाे छ।

तिला गाउँपालिका–५ मा रहेको सामुदायिक संस्था केन्द्र कहिल्यै कार्यालय समयसम्म नखुल्ने ढिमकोटका स्थानीय बासिन्दा गोर्ख शाहीले बताए। कार्यालयमा एउटै मात्र कर्मचारी रहेका र ती पनि मन लागे कार्यालयमा आउने अरू बेला नआउने गरेको उनको भनाइ छ।

सदरमुकाममा रहेका स्वास्थ्य संस्थाको पनि हालत उस्तै छ । चन्दननाथ नगरपालिका–८ मा रहेकोस्वास्थ्य चौकी पनि १ बजेपछि दैनिक बन्द हुने गरेको स्थानीय बताउँन्। छिटै स्वास्थ्य चौकी बन्द हुने गरेपछि आम नागरिक पनि २ बजेपछि स्वास्थ्य संस्थामा उपचारका लागि नआउने गरेको नागरिक अगुवा शोभाकर विश्वकर्माले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा