डा.केसी फेरि अनशन बस्ने

काठमाडौं : डा. गोविन्द केसीले आफूसँग सरकारले यसअघि गरेका सहमति पालना नगरेको भन्दै पुनः अनशन बस्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद्को अधिवेशन अन्त्य भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै डा.केसीले १६औँ चरणको अनशन बस्ने चेतावनी दिएका हुन्।
शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गरी उनले आफूसँग भएका सबै सम्झौता तत्काल कार्यान्वयन नभए विनाजानकारी १६ औँ सत्याग्रह सुरु गर्न बाध्य हुने बताए।
उनले गुणस्तरीय स्वास्थ्य सुविधा र शिक्षामा सम्पूर्ण नेपालीको समान पहुँच, शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्ने शिक्षण संस्थानहरूको देशैभरि न्यायोचित वितरण सुनिश्चित गर्ने गरी ऎन निर्माणका लागि अाफूले लामो समयदेखि निरन्तर सङ्घर्ष गर्दै आएको स्मरण गराए।
‘माथेमा कार्यदलको प्रतिवेदन र हामीसँग भएका सम्झौताहरू बमोजिम विधेयक पारित गर्ने गरी पन्ध्रौँ सत्याग्रह अन्त्य गर्ने क्रममा नेपाल सरकारसँग सम्झौता भएको दुई महिना बितिसकेको छ’,उनले भने, ‘प्रधानमन्त्री केपी ओलीको पहलमा नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ र महासचिव विष्णु पौडेल समेतको सहभागितामा भएको सम्झौता पालना गर्न सरकार आफै उदासीन देखिनु विडम्बनापूर्ण छ।’
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने