रेबिजबारे जानिराखाैँ !

आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस । ‘रेबिजबारे जनचेतना फैलाऔँ, अमूल्य जीवन बचाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ। हरेक वर्ष ५८ हजार मानिसको मृत्यु रेबिजका कारण हुन्छ। त्यसमा पनि ५० प्रतिशत १५ वर्षमुनिका बालबालिका छन्।
नेपालको आधा जनसंख्या रेबिजको रोगको जोखिममा रहेको विज्ञहरूको अनुमान छ। नेपालमा गत वर्ष मात्र २६ हजार ३१२ जनालाई कुकुरले टोकेको थियो ।
रेबिज रोग लाइसा नामक आर एन ए भाइरसले हुने रोग हो । यो भाइरस संक्रमित जनावरको र्याल लबाट घाउको बाटो हुँदै शरीरभित्र छिरेर स्नायु नसाको माध्यमले मस्तिष्कसम्म पुग्छ। यो रोग लागेपछि मृत्यु निश्चित छ। त्यसैले राेकथाममा नै ध्यान दिन जरूरी छ। यसको रोकथामका लागि जनावरबाट भाइरस मानिसमा आउन नदिनु सर्वोत्तम उपाय हो।
रेबिजका लक्षणहरु
टाेकेकाे घाउ पोल्ने, दुख्ने, झमझम हुने
ज्वरो आउने
पानीदेखि डराउने
आवाजसँग तर्सिने
चिडचिडाहट हुने, कहिलेकाहीँ उत्तेजित भई झम्टिने
रेबिज हुन नदिन के गर्ने ?
घरपालुवा कुकुरलाई पशु चिकित्सकको सल्लाह अनुसार समय समयमा खोप लगाउने र यसको रेकर्ड अद्यावधिक गर्ने। अन्य कुकुरहरुको व्यवस्थापन गर्ने । त्यस्तै समयमै शंकास्पद कुकुर वा अन्य जनावरहरुको टोकाइपछि टोकेको स्थानलाई कमसेकम १५ मिनेट साबुन पानी, डिटोल, पोभिडिन आयोडिनजस्ता भाइरस मार्ने पदार्थले राम्ररी सफा गर्ने र नजिकको स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाहअनुसार रेबिज रोगको खोप लगाउने।
घरमा पालिएका कुकुरलाई अन्य जंगली जनावरबाट बचाउने।
कुकुरलाई नियमित खोप लगाउने।
कुकुरले टोकेमा शुरुमा साबुन पानीले १५ मिनेटसम्म धुने।
तुरुन्तै स्वास्थ्य संस्थामा गएर रेबिज विरुद्धको खोप लगाउने र लापरवाही नगर्ने।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने