हाेचापुड्काले १५२ संस्थाबाट निःशुल्क स्वास्थ्य परीक्षण सेवा पाउने

काठमाडौं : होचापुड्का अपांगता भएकाहरूले अब देशभरका विभिन्न स्वास्थ्य संस्थामा निःशुल्क स्वास्थ्य परीक्षण सुविधा पाउने भएका छन्।
नेपाल मेडिकल व्यवसायी संघ र नेपाल होचापुड्का संघबीच भएको सम्झौताअनुसार होचापुड्का अपांगता भएकाहरूले मेडिकल व्यवसायी संघमा आबद्ध १५२ स्वास्थ्य संस्थाबाट निःशुल्क स्वास्थ्य परीक्षण सुविधा छन्।
सम्झौतापत्रमा नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सीताराम रेग्मी र होचापुड्का संघका अध्यक्ष निर्मल मक्रान्तिले हस्ताक्षर गरे। होचापुड्का व्यक्तिहरूले नेपाल होचापुड्का संघको आधिकारिक सिफारिस पत्र लिएर गए स्वास्थ्यसंस्थामा निःशुल्क परीक्षण सेवा पाउने संघका महासचिव लेखबहादुर मोक्तानले जानकारी दिए।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्