Health TV Online
Health TV Online
Health TV Online

महाेत्तरीमा झाडापखालाले थप एकजनाको मृत्यु

महाेत्तरीमा झाडापखालाले थप एकजनाको मृत्यु

महोत्तरी : जलेश्वर नगरपालिका– १२, नैन्हीमा फैलिएको झाडापखालाको कारण एकजनाको मृत्यु भएको छ। ६० वर्षीया आइसा खातुनको मृत्यु भएको हो।

६० वर्षीया खातुनलाई आइतबार गाउँमा सञ्चालित शिविरमा उपचारका लागि ल्याइएको थियो। शिविरमा उपचार सम्भव नभएपछि अञ्चल अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए।

झाडापखालाकै कारण यसअघि चार वर्षीया बालिकाको मृत्यु भएको थियो।

बस्तीमा करिब तीन सातादेखि बस्तीमा फैलिएकाे झाडापखाला अझैसम्म नियन्त्रणमा आउन सकेको छैन। प्रभावितहरूको उपचार स्थानीय मदरसामा भुइँमा राखेर  भइरहेको छ।

जनस्वास्थ्य कार्यालयले बस्तीमा भएको झाडापखालाबाट मृत्यु भएको सूचना लुकाउने गरेका कारण मृतकबारे ढिलो सूचना आएको बताइएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा