जडीबुटीको चोरी निकासी बढ्याे

जाजरकाेट : बारेकोट गाउँपालिका–४ स्थित खेताली, दियाबाल्न कोटे वनमा जडीबुटीको चोरी निकासी बढेको छ। निकासी बन्द गरेपछि जडीबुटी चोरी निकासी बढेको हो।
जुम्ला सिमानामा रहेको सो वनबाट दैनिक जडीबुटी चोरी निकासी भइरहेको बारेकोट गाउँपालिका–५ का खड्कविक्रम शाहीले बताए। जुम्लाका व्यापारीको मिलेमतोमा चोरी निकासी बढेको उनको भनाइ छ। जटामसी, सतुवालगायतका जडीबुटी चोरी निकासी भइरहेको छ। चोरी निकासी हुँदा राजस्व कमी आउने देखिएको छ।
आइतबार स्थानीयवासी, जिल्ला प्रहरी र जिल्ला वन कार्यालयबाट गएको टोलीले जडीबुटी बरामद गरेको छ। जुम्लाबाट आएको तस्कारको समूह वनमै पाल टाँगेर जडीबुटी तस्करी गरिरहेको पाइएको छ।
अनुगमन टोली त्यहाँ पुगेपछि तस्करको समूह भागेको थियो। तस्करको समूहले वनमा लुकेर जडीबुटी चोरी निकासी गर्दै आएको छ। बारेकोट गाउँपालिका–४ बाट सो वनमा पुग्न दुई दिन पैदल हिँड्नु पर्ने भएकाले निरन्तर अनुगमन गर्न समस्या भएकाे वडा नं. ४ का वडाध्यक्ष सिर्जना बस्नेतले बताइन्।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने