स्व. देवकाेटा पढेकाे अमरज्योति मावि शाेकमा, अाज पठनपाठन बन्द
हेल्थ टिभी अनलाइन संवाददाता
गोरखा– वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएपछि पालुङटार नगरपालिका– ४ स्थित उनी पढेकाे अमरज्योति जनता माविकाे पठनपाठन बन्द गरिएको छ। देवकाेटाको शोकमा विद्यालय बन्द गरिएकाे हाे ।
विद्यालयका पूर्व विद्यार्थीको निधन भएकाले पठनपाठन बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपानेले बताए। ‘हाम्रो विद्यालयको मात्र नभर्इ देशकै सम्पत्ति खोसिएको छ। याे दु:खद घडीमा हामीले उहाँ पढेको विद्यालयमा पठनपाठन गर्न सकेनौँ’, न्याैपानेले भने,’ ‘आज दिनभर पढाइ बन्द गर्ने निर्णय गर्यौँ।’ मंगलबार बेलुका देवकोटाप्रति श्रद्धाञ्जली व्यक्त गरेर बुधबारदेखि नियमित पठनपाठन सुरु गर्ने उनले बताए।
देवकोटाले कक्षा ५ देखि १० सम्म अमरज्योतिमा पढेका थिए। पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयाेजक डा.बाबुराम भट्टराईका सहपाठी देवकोटाले २०२६ सालमा अमरज्योतिबाटै एसएलसी दिएका थिए। भट्टराई देशभरबाटै ‘बोर्ड फर्स्ट’ हुँदा देवकोटा ‘टप टेन’ मा परेका थिए।
स्व. देवकाेटाकाे सम्झनामा विद्यालय प्राङ्गणमा देवकोटा स्मृति उद्यान बनाउने सोच बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले बताए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य