शाेभा बढाउन मात्र हाेइन स्वास्थ्यरक्षा पनि गर्छ दुबाेले
दुबाे तपाईँ हाम्रो घरआागनमा सहजै रूपमा उम्रिरहेको देखिन्छ। सजावट र पूजाआजामा प्रयोगबाहेक खासै उपायोग गर्न सकेका छैनौँ याे स्वास्थ्यका लागि अत्यन्तै महत्त्वपूण जडिबुटी हो।
आर्युवेदमा दुबोको विशेष महत्त्व बताइएको छ। यसलाई महाऔषधि मानिन्छ। दुबोले शरीरका अनेक रोग निदान गर्छ। बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ, दुबाेमा। दुबोको रसमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्शियम, फाइबर, पोटासियम पर्याप्त मात्रामा पाइन्छ। हरेक दिन निश्चित मात्रामा सेवन गर्नु स्वास्थ्यका लागि अति फाइदाजनक मानिन्छ।
दुबोलाई त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ ।
कसरी प्रयाेग गर्ने?
सफा ठाउँमा उम्रिएको दुबोलाई टिपेर पखाल्ने। त्यसलाई पिसेर रस निकाल्ने। उक्त रसमा पानी मिश्रण गरेर पिउने। यसका साथै सफा दुबोलाई पानीमा उमालेर त्यसको रस सेवन गर्न सकिन्छ।
आँखा पाकेको वा आँखामा कुनै किसिमको संक्रमण छ भने दुबोको रस रामबाण हुनसक्छ। दुबाेको रस पातलो कपडामा छान्ने। सफा रसलाई आँखामा लगाउने। संक्रमण ठीक हुन्छ।
साथै दुबोमा खाली खुट्टा हिँड्नु पनि राम्रो मानिन्छ। उच्च रक्तचाप, मधुमेहको रोगीले बिहान दुबोमा खाली खुट्टा हिँडडुल गर्नु निकै फाइदाजक हुने बताइन्छ।
कुन कुन रोगमा उपयोगी?
दुबोको रसमा पोषक तत्त्व हुने भएकाले यो स्वास्थ्यका लागि त्यसैपनि फाइदाजक छ। साथसाथै कब्जियत, कलेजोको रोग, यौनरोगमा दुबो अत्यान्तै लाभदायक छ। शरीरको विकार हटाउँछ। यसले रगतलाई शुद्धीकरण गर्न सघाउँछ। पिसाबमा खराबी छ भने दुबोको रस लाभदायक हुन्छ। नाकको समस्यामा पनि दुबो फाइदाजनक हुन्छ।
सामान्य अवस्था बान्ता भए, नाथ्री फुटे, छाती पोले, जिउ चिलाए वा शरीरको कुनै भाग सुन्निएमा दुबोको प्रयोग गर्न सकिन्छ।
दुबो दीर्घ रोगहरूको निदानमा पनि प्रभावकारी मानिन्छ। मधुमेह, उच्च रक्तचाप, नपुङ्सकता आदिमा पनि दुबोको रस उपयोगी हुन्छ।
पछिल्लो २४ घण्टामा देशभर १२० संक्रमित थपिए
‘जोर्नी प्रत्यारोपणपछि बिरामीलाई दुखाइ कम त हुन्छ नै दैनिक जीवनमा निकै सहज हुन्छ'(भिडियोसहित)
मन्त्री, सांसदहरुले खोप लगाउने आज अन्तिम दिन, आइतबारदेखि ६५ वर्ष माथिकालाई खोप लगाइँदै
घट्दै संक्रमण : २४ घण्टामा ५५३६ पीसीआर गर्दा १०७ जनामा कोरोना
चिकित्सक दिवसको अवसरमा प्रभातफेरी