अायुर्वेद उपचार पद्धतिकाे महत्त्व अहिले पनि उत्तिकै : स्वास्थ्यमन्त्री यादव
काठमाडौं, असार २– उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले परापूर्व कालदेखि चल्दै आएको आयुर्वेद उपचार पद्धतिकाे महत्त्व अहिले पनि उत्तिकै भएको बताएका छन् ।
नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले आयुर्वेदमार्फत धेरै रोगको उपचार सम्भव हुने भन्दै जडीबुटीको धनी नेपालमा यसको प्रचुर सम्भावना रहेको बताए ।
उपप्रधानमन्त्री यादवले आयुर्वेद नेपाली संस्कृतिसँग पनि जोडिएकाले यसकाे प्रवर्धन, विकास र विस्तारका लागि नयाँ ज्ञान र प्रविधिको प्रयोग गरी अघि बढ्नुपर्ने जोड दिए । गोष्ठीमा नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा.सिद्धार्थकुमार ठाकुरले आयुर्वेद उपचार पद्धतिलाई सरकारले प्राथमिकतामा राख्नपर्ने बताए ।
गोष्ठीमा नेपाल, भारत र चीनका आयुर्वेद विज्ञहरूको सहभागिता थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण