Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अायुर्वेद उपचार पद्धतिकाे महत्त्व अहिले पनि उत्तिकै : स्वास्थ्यमन्त्री यादव

अायुर्वेद उपचार पद्धतिकाे महत्त्व अहिले पनि उत्तिकै : स्वास्थ्यमन्त्री यादव

काठमाडौं, असार २– उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले परापूर्व कालदेखि चल्दै आएको आयुर्वेद उपचार पद्धतिकाे महत्त्व अहिले पनि उत्तिकै भएको बताएका छन् ।

नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले आयुर्वेदमार्फत धेरै रोगको उपचार सम्भव हुने भन्दै जडीबुटीको धनी नेपालमा यसको प्रचुर सम्भावना रहेको बताए ।

उपप्रधानमन्त्री यादवले आयुर्वेद नेपाली संस्कृतिसँग पनि जोडिएकाले यसकाे प्रवर्धन, विकास र विस्तारका लागि नयाँ ज्ञान र प्रविधिको प्रयोग गरी अघि बढ्नुपर्ने जोड दिए । गोष्ठीमा नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा.सिद्धार्थकुमार ठाकुरले आयुर्वेद उपचार पद्धतिलाई सरकारले प्राथमिकतामा राख्नपर्ने बताए ।

गोष्ठीमा नेपाल, भारत र चीनका आयुर्वेद विज्ञहरूको सहभागिता थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।