Health TV Online

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा हेल्प डेस्क

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा हेल्प डेस्क

हेलथ टिभी अनलाइन\बैतडी : कोरोना संक्रमण भएका बिरामीको पहिचानका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ।

प्रा.डा. गौरीशंकर  संक्रमण हुन नदिन र संक्रमित भेटिए उपचार गर्न बिहीबार डेस्क स्थापना गरिएको निर्देशक प्रा.डा. साहले जानकारी दिए। प्रतिष्ठानलेसाहको नेतृत्वमा १२ सदस्यीय ‘र्यापिड रेस्पोन्स टिम’ बनाएको छ।

प्रतिष्ठानमा विशेषगरी ज्वारो तथा रुघाखोकी लागेर सेवा लिन आउने बिरामीलाई डेस्कले समन्वय गरी सहयोग गर्ने जानकारी दिइएको छ।

कोरोना संक्रमण देखिएका बिरामीलाई ‘आइसोलेसन वार्ड’मा राखिने प्रतिष्ठानले जनाएको छ। यसका लागि प्रतिष्ठानमा १० वटा शय्या र तीन सघन उपचार कक्ष छुट्याएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुर्खेतका ४० हजार बालबालिकालाई लगाइँदै दादुरा–रुबेला खोप

सुर्खेतका ४० हजार बालबालिकालाई लगाइँदै दादुरा–रुबेला खोप

हेल्थ टिभी अनलाइन\सुर्खेत : यहाँका ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ। चैत १ गतेदेखि सञ्चालन हुने अभियानअन्तर्गत यहाँका नौ स्थानीय तहका बालबालिकालाई खोप लगाउन लागिएको हो।

दादुरा र रुबेला रोगविरुद्धको खोप अभियान प्रभावकारी बनाउन तीन चरणमा सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए।

‘पहिलो चरणमा चैत १ गतेदेखि ६ गते वीरेन्द्रनगर नगरपालिका, दोस्रो चरणमा चैत ८ देखि १५ सम्म सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अभियान सञ्चालन हुनेछ’, उनले भने, ‘तेस्रो चरणमा चैत १५ देखि १९ सम्म चिङ्गाड गाउँपालिका, भेरीगंगा नगरपालिका, लेकवेंशी नगरपालिका र बराहताल गाउँपालिकामा खोप अभियान सम्पन्न गरिनेछ।’

उनका अनुसार सुर्खेतमा ५८० खोप केन्द्रमा १७० खोपकर्मी र एक हजार १६० स्वयंसेवक परिचालन हुनेछन्। दादुरा र रुबेला नौ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिका र जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई पोलियो खोप लगाउने कार्यालय प्रमुख वाग्लेले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नक्कली चिकित्सक पक्राउ

नक्कली चिकित्सक पक्राउ

हेल्थ टिभी अनलाइन\सुर्खेत : अर्कैको काउन्सिल दर्ता नम्बर राखेर आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली चिकित्सक दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो।

नेपाल मेडिकल काउन्सिलको यही फागुन ५ गतेको पत्रअनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोले दिएकाे निर्देशनअनुसार काफ्लेलाई पक्राउ गरेकाेप्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

पक्राउ गरिएका उनलाई सुर्खेत जिल्ला अदालतबाट पहिलो पटक दिन तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको रावलले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

किन भन्यो डब्लूएचओले कोरोनालाई विश्वव्यापी महामारी?

किन भन्यो डब्लूएचओले कोरोनालाई विश्वव्यापी महामारी?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस प्रकोपलाई ‘प्यान्डेमिक’ अर्थात् ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ।

यसअघि चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणका लागि उसले उक्त शब्दावली प्रयोग गरेको थिएन।

डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले भाइरसको खतरनाक तहको संक्रमणले निम्त्याएको गम्भीर चिन्ताका कारण अहिले यो पदावलीको प्रयोग गरिएको बताए।

विश्वव्यापी महामारी के हो?

प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारीले एकै समयमा विश्वभरि विभिन्न देशमा मानिसबाट मानिसमा फैलिने र निकै ठूलो मात्रामा रोगको संक्रमण देखिने स्थितिलाई जनाउँछ।

पछिल्लो समय सन् २००९ मा स्वाइन फ्लू विश्वव्यापी महामारीका रूपमा फैलिएको थियो। त्यसबाट हजारौँ मानिसले ज्यान गुमाएको अनुमान छ।

यदि नयाँ भाइरसको उत्पत्ति भएको छ र त्यसले मानिसलाई सजिलै संक्रमण गर्न सक्छ तथा प्रभावशाली ढङ्गले निरन्तर मानिसबाट मानिसमा सर्न सक्छ भने विश्वव्यापी महामारी फैलिन सक्छ।

कोरोना भाइरसको अहिलेको प्रकोपमा यी सबै विशेषता छन्। अहिलेसम्म कुनै खोप वा उपचारले रोक्न नसक्ने संक्रमणको नियन्त्रण महत्त्वपूर्ण भएको छ।

यो शब्दावली अहिले किन प्रयोग गरियो?

फेब्रुअरी महिनाको अन्त्यतिर डब्लूएचओका प्रमुख डा. टेड्रोसले कोरोनाभाइरस विश्व्यापी महामारी बन्ने सक्ने पूर्ण सम्भावना भएको टिप्पणी गरेका थिए।

तर उक्त भाइरस अनियन्त्रित रूपमा विश्वभरि नफैलिएकाले त्यसलाई विश्वव्यापी महामारी घोषणा गर्नु नपरेको उनको भनाइ थियो।

तर स्थितिमा केही परिवर्तन आयो। कोरोना भाइरस संक्रमण देखिएका देशको संख्या बढ्यो। अहिले ११० भन्दा बढी देशमा एक लाख जनाभन्दा बढी मानिसमा संक्रमण भएको पुष्टि भएको छ।

भाइरसको संक्रमण विस्तारमा भाषाको परिवर्तनले कुनै परिवर्तन ल्याउँदैन। तर देशहरूले यसको नियन्त्रण गर्ने प्रयासमा परिवर्तन ल्याउने डब्लूएचओको आशा छ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले भनेका छन्, ‘केही देशहरू क्षमताको अभावका कारण संघर्ष गर्दैछन्। केही देशहरूले साधनस्रोतको अभावको सामना गरिरहेका छन्। केही देशहरू दृढताको अभावमा संघर्ष गरिरहेका छन्।’

बीबीसी नेपालीबाट

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको डरले हुन छाड्यो रक्तदान, बिरामीलाई रगत अभाव

कोरोनाको डरले हुन छाड्यो रक्तदान, बिरामीलाई रगत अभाव

हेल्थ टिभी अनलाइन\चितवन : कोरोना संक्रमणको डरले रक्तदान हुन छाडेपछि यहाँका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगत अभाव हुन थालेको छ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि रक्तदानका कार्यक्रम नै कम भएका कारण रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले बताए। जिल्ला प्रशासन कार्यालयले जमघटका कार्यक्रम स्थगन गर्न आह्वान गरेसँगै रगतको समस्या भएको उनको भनाइ छ।

जिल्लामा आयोजना गर्न लागिएका १० वटा रक्तदानका कार्यक्रमसमेत प्रशासनले जमघटका कार्यक्रम नगर्न भनेपछि स्थगित भएका छन्। विद्यालय, विभिन्न सामाजिक संघसंस्था लगायतका वार्षिकोत्सवमा हुने रक्तदानका कार्यक्रम वार्षिकोत्सवसँगै स्थगित भएको हो।

जिल्लाका अस्पतामा रातो रगतसँगै सेतो रगतको माग पनि हुँदै आएको छ। भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगै जिल्लाका अन्य साना अस्पतालमा हुने नियमित शल्यक्रियमा समेत रगत पुर्याउन नसकेको रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ ।

अहिले रक्तदाता स्वंयसेवी संस्थालेसमेत रक्तदाता जुटाउन समस्या परेको जनाइएको छ। जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत आवश्यक पर्छ। कार्यालयले चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट र मकवानपुरलगायत जिल्लाबाट रगत संकलन गरेर ल्याउने गरेको थियो। ती जिल्लामा समेत रक्तदान नहुँदा रगतको मागअनुसारको पूर्ति गर्न कठिन भएको केन्द्रले जनाएको छ।

जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा खपत हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मनाइयो मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मनाइयो मिर्गौला दिवस

हेल्थ टिभी अनलाइन\काठमाडौं : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विशेष कार्यक्रम गरेर विश्व मिर्गौला दिवस मनाएको छ ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मिर्गौलारोगलगायतका समस्याबाट बच्न नियमितरूपमा जाँच गर्ने बानी बसाल्नुपर्ने बताए। यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पछिल्लो समय मिर्गौला रोग बढ्दै गएको भन्दै स्वस्थ्य खानपान र व्यायाममा ध्यान दिनुपर्ने बताए।

प्रत्यारोपण केन्द्रका प्रमुख डा.पुकारचन्द्र श्रेष्ठले नेपालको अंगदान र अंग प्रत्यारोपण कानुन विश्वकै उदार भएको धारणा राखे। डा. श्रेष्ठले अंगदानको महत्व बुझेर सबैले मृत्युपश्चात खेर जाने अंगको दान गर्नुपर्नेमा जोड दिए। उनले लैंगिक भेदभाव कम गर्न पनि सबैले अंगदान गर्न जरुरी भएको जिकीर गरे।

कार्यक्रममा प्रा.डा. रजनी हाडाले ‘पिसाब जचाऊँ, मिर्गौला बचाऊँ’ भन्ने चेतना जनमानसमा फैलाउनुपर्ने बताइन्।

यसैगरी  कार्यक्रममा बेलायतका प्रत्यारोपणविद् प्रा.डा. डेभिड टल्बटलाई सम्मान गरिएको थियो।  टल्बटले नेपालले नेपालले छोटो समयमै प्रत्यारोपण क्षेत्रमा हासिल गरको प्रगतिको प्रशंसा गरे।

‘मिर्गाैला स्वास्थ्य जहाँसुकै, जोसुकैका लागि, रोकथामदेखि पहिचान र उपचारमा समान पहुँच’ नाराका साथ केन्द्रले दिवस मनाएको हो। प्रत्येक वर्ष मार्चको दोस्रो बिहीवार विश्व मिर्गौला दिवस मनाइन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

प्रधानमन्त्री  ओलीको स्वास्थ्य सुधारोन्मुख

हेल्थ टिभी अनलाइन\काठमाडौँ : मिर्गौला प्रत्यारोपणको नवौँ दिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख छ।

उनका भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको र नियमित आहार लिइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री ओलीलाई चिकित्सक र परिवारको परामर्शमा केही दिनमा निवास फर्काइने तयारी छ। मिर्गौला प्रत्यारोपणपछि बिहीवार पत्नी राधिका शाक्यले उनलाई पहिलोपटक भेटेकी छिन्।

यसअघि बुधबार घर फर्किनुपूर्व भाञ्जी समीक्षा सङ्ग्रौलाले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

संक्रमण फैलिएका थप केही देशको भिसा रोक्ने सरकारको निर्णय

संक्रमण फैलिएका थप केही देशको भिसा रोक्ने सरकारको निर्णय

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले संक्रमण फैलिएका थप देशको ‘अन अराइभल’ भिसा रोक्ने निर्णय गरेको छ।

चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोरोना भाइरसको संक्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा‍. युवराज खतिवडाले जानकारी दिए।

‘शुरुमा पाँच मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अहिले आठ पुगेको र अझै केही थप देशहरूको भिसा रोक्ने निर्णय भएको छ’, कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता डा. खतिवडाले भने।

थप कुनकुन देशको भिसामा रोक लगाइएको हो भन्ने उनले खुलाएनन्। सूचना एकद्वार प्रणालीबाट जाने भएकाले समितिको सचिवालयले त्यसको आधिकारिक निर्णय सार्वजनिक गर्ने मन्त्री खतिवडाले बताए। हवाइ उडानमा भने कटौती नगरिएको उनले जानकारी दिए। भिसा रोकिएपछि स्वतः कटौती हुने उनको भनाइ छ।

यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स, जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको समितिको बैठकमा जोखिमको समीक्षा गरी नेपालमा गर्नुपर्ने आवश्यक तयारीका विषयमा थप छलफल भयो। छिमेकी मुलुक भारतमा पनि संक्रमणको संख्या बढ्दै गएको अवस्थामा थप उच्च सतर्कता अपनाउने निर्णय गरेको खतिवडाले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्टार अस्पतालले मनायो १४औँ वार्षिकोत्सव

स्टार अस्पतालले मनायो १४औँ वार्षिकोत्सव

हेल्थ टिभी अनलाइन\ललितपुर : सानेपास्थित स्टार अस्पतालले सेवा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

१४औँ वार्षिकोत्सवका अवसरमा बिहीवार आयोजित कार्यक्रममा अध्यक्ष किशोर महर्जनले थारै समयमा अस्पतालले निकै ठूलो फड्को मारेको भन्दै अझै सेवा विस्तार गर्दै लाने बताए । स्टार अस्पतालले विशेषज्ञ सेवाका लागि विभाग छुट्याई पूरै समय बस्ने गरी विशेषज्ञ चिकित्सक नियुक्त गरेसँगै बिरामीको चाप पनि बढेको जनाएको छ ।

उनले आगामी दिनमा अस्पतालमा आईभीएफ सेवा व्यवस्था गर्न लागेको समेत जानकारी दिए। याे सँगै अस्पतालले १४ औँ वार्षिकोत्सवकै अवसर पारेर बिरामीहरुलाई एक सातासम्म उपचारमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । यसैगरी चिकित्सकको सिफारिस अनुसार औषधिमा पनि १० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य मन्त्रालय जाँदै हुनुहुन्छ ? यता हात धुनुस है!

स्वास्थ्य मन्त्रालय जाँदै हुनुहुन्छ ? यता हात धुनुस है!

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जाँदै हुनुहन्छ ? मुख्य प्रवेश द्धार नजिकै हात धुने ठाउँ बनाइएको छ। जहाँ अबदेखि तपाइँले हातमुख धोएर मात्र प्रवेश गर्न पाउनुहुनेछ । धारासँगै ‘मन्त्रालय प्रवेश गर्नुअघि साबुन पानीले राम्रोसँग हातमुख धुनुहोला’ लेखिएको छ ।

कोरोना भाइरसबाट बच्ने सबैभन्दा उत्तम उपाय सरसफाइ नै भएकाले यसरी मन्त्रालयमा हात धुने ठाउँ बनाइएको मन्त्रालयका कर्मचारीले बताए । कोरोनाबाट बच्न विज्ञहरुले साबुन पानीले राम्रोसँत हात धोइरहन सल्लाह दिंदै आएका छन्।
त्यसका लागि मन्त्रालयमा आउने सबैका लागि साबुन र पानीको व्यवस्था समेत गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना रोकथामका लागि सरकारले सार्वजनिक गर्‍यो यस्तो रणनीति

कोरोना रोकथामका लागि सरकारले  सार्वजनिक गर्‍यो यस्तो रणनीति

हेल्थ टिभी अनलाइन \काठमाडौं:  विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्व महामारी घोषणा गरेको भोलिपल्टै सरकारले कोरोना रोकथामका लागि तयार गरेको नीति तथा योजना सार्वजनिक गरेको छ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी कोरोना रोकथाम र नियन्त्रणका लागि आफुहरुले तयार पारेका योजना सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यादव कोइरालाले कोरोना आउनै नदिन र आइहालेमा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा मन्त्रालयका विशेषज्ञ टिमहरु बसेर नीति तथा योजना बनाइसकेको बताए । उनले सञ्चारकर्मीलाई सही सूचना सम्प्रेषण गरिदिन पनि आग्रह गरे ।

यसैगरी कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सबै आउनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले आफनो तयारी गरिसकेको भन्दै रोकथामका लागि योजना १ मार्फत काम गर्ने र आइहालेमा नियन्त्रणका लागि योजना २ बनाइएको बताए ।

कोरोना रोकथामका लागि योजना १ मा यस्ता छन् कार्यक्रम :
कोरोना रोकथामका लागि सर्वप्रथम प्रवेश नाकामा रोक लगाउने कार्यक्रम रहेको छ । यसैगरी कोरोना अति प्रभावित ८ वटा देश चीन, दक्षिण कोरिया, जापान, इरान, इटली, स्पेन, फ्रान्स र जर्मनीबाट आउने यात्रुलाई अनिवार्य कोरोना नभएको रिपोर्ट पेस गर्नुपर्नेछ । यसबाहेक कसैलाई पनि अन अराइभल भिषा प्रदान गरिने छैन।  यसैगरी नेपालमा हुने अन्तराष्ट्रिय सम्मेलन केही समयका लागि स्थगित गर्न आव्हान गरिएको छ । यो सँगै नागरिक सचेतना कार्यक्रम पनि बढाइने योजनामा राखिएको छ । सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरिएको छ । चीन र भारतसँग सिमा जोडिएका ४३ वटा हेल्थ डेस्क मार्फत नेपाल प्रवेश गर्नेहरुको स्क्रिनिङ भइरहेको छ।

योजना २ अन्तर्गत यस्ता छन् कार्यक्रम:
नेपालमा कोरोना संक्रमण देखिएमा तीन किसिमको अवस्थाको आँकलन गरी व्यवस्था मिलाइएको योजनामा उल्लेख छ । यसमा आइसोलेसन वार्ड, औषधि उपचार र जनशत्तिको अनुमान सहितको योजना अघि सारिएको छ । यदि कोरोना फैलिएमा आवश्यक उपचार गर्न टेकु अस्पताल, पाटन अस्पताल र प्रहरी अस्पताललाई प्रमुख अस्पतालका रुपमा तयारी अवस्थामा राखिएको छ । महामारी फैलिएमा नेपालमा केही समयका लागि हवाइ उडानहरु बन्द गरिनेछ । उक्त पकेट एरियालाई लक डाउन गरिनेछ । स्थलगत आवागमनका पनि नाकाहरु सम्पूर्ण रुपमा बन्द गरिनेछ । आवश्यक परेमा मोबाइल वा फिल्ड अस्पताल बनाई उपचार सहज बनाइनेछ भन्ने योजना २ मा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आइसोलेसन वार्ड राख्न अस्पताललाई नगरपालिकाकाे निर्देशन

आइसोलेसन वार्ड राख्न अस्पताललाई नगरपालिकाकाे निर्देशन

हेल्थ टिभी अनलाइन\भक्तपुर : नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका छ अस्पताललाई ‘आइसोलेसन वार्ड’ स्थापना गर्न निर्देशन दिएको छ।

नगरपालिकाले जिल्लामा सञ्चालित भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, डा. इवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बाल अस्पताल र जनस्वास्थ्य केन्द्रलाई कोरोना भाइरसको संक्रमण भेटिएमा स्वास्थ्य परीक्षण गर्न छुट्टै शय्याको व्यवस्था गर्न पत्राचार गरेको हो।

सबै अस्पताल र स्वास्थ्य केन्द्रमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी आवश्यक न्यूनतम मात्रामा छुट्टै शय्याको व्यवस्था मिलाउन अस्पताललाई पत्राचार गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

भक्तपुरमा कोरोना संक्रमित भेटिए बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा सिफारिस गरी पठाउने व्यवस्था गर्न आग्रह गरेकाे उनले बताए। यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न पनि अस्पतालहरूलाई  नगरपालिकाले सुझाव दिएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना भाइरस नियन्त्रण गर्न ‘सर्भिलेन्स अफिसर’ परिचालन गर्दै स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस नियन्त्रण गर्न ‘सर्भिलेन्स अफिसर’ परिचालन गर्दै स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि सर्भिलेन्स अफिसर परिचालन गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा गठन गरिएको कार्यदलले पब्लिक हेल्थका १८ स्वास्थ्यकर्मीलाई सर्भिलेन्स अफिसरको जिम्मेवारी दिएको हो। कसरी काम गर्ने भन्ने विषयमा उनीहरू सबैलाई तालिम समेत दिइसकेको उनले बताए।

सर्भिलेन्स अफिसरले कुनै व्यक्तिमा कोरोनाको आशंका लागेमा विमानस्थलदेखि होटल र घरसम्मको विस्तृत विवरण राखी विशेष निगरानी गर्ने र उनीहरूलाई केही सहयोगको आवश्यकता परेमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी तुरुन्त सहयोग गर्ने डा. पोखरेलले बताए।

‘योसँगै अस्पताल अनुसन्धान गर्ने र आईसीयू बेड बढाउन पनि कार्यदलले सुझाव दिइसकेको छ’, उनले भने। कार्यदलले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै काम गरिरहेकाे पनि उनले जानकारी दिए।

उनले चीन र इटलीमा जस्तै गरी कोरोना नेपालमा आए कसरी काम गर्ने भन्ने विषयमा पनि पूर्वतयारी गरिरहेको बताए। ‘हामीले यी दुवै देशको जस्तै गरी नेपालमा कोरोना आए कसरी काम गर्ने भनेर तयारी गरिरहेका छौँ’, उनले भने,  ‘हामीसँग भएका टेकु अस्पताल, पाटन अस्पताल र वीर अस्पताल लगायत हब अस्पतालमा आईसीयू बढाउनका लागि पनि कार्य अघि बढेको छ।

यसैगरी ठूलो संख्यामा क्वारेन्टाइनमा राख्न परेमा खरिपाटी, आयुर्वेद तालिम केन्द्र, आयुर्वेद क्याम्पस लगायतका स्थानलाई उपचार सहितको क्वारेन्टाइन बनाउने तयारी गरेको पनि डा. पाखेरेलले जानकारी दिए। उनले भने, ‘काम भइरहेको छ आत्तिहाल्नुपर्ने अवस्था छैन।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सेनाकाे रक्तदानले जाेगियाे स्थानीयकाे ज्यान

सेनाकाे रक्तदानले जाेगियाे स्थानीयकाे ज्यान

हेल्थ टिभी अनलाइन\डोटी : नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रक्तदान गरी ११० स्थानीयको ज्यान जोगाएको छ।

पृतना हेडक्वाटर दिपायल राजपुरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६\७७ मा पृतना मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले रक्तदान गरेका छन्।

प्रदेशमा भएका स्वास्थ्य संस्थामा रगतको अभाव भएपछि यहाँका सेवारत सैनिकले आवश्यकता अनुसार रक्तदान गर्ने गरेका छन्। रगत आवश्यक पर्नेलाई यहाँ कार्यरत सैनिकले अस्पतालमा नै पुगेर रक्तदान गर्दै आएका छन्।

रुद्रध्वज गण सिलगढीका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले आवश्यकता अनुसार रक्तदान गर्दै आएको जानकारी दिए। ‘सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आवश्यक परेका वेला सेनाले रक्तदान गरेको छ’, उनले भने, ‘विशेषगरी पहाडी जिल्लामा स्थानीयलाई सेनाले रगत दिएर धेरैकाे ज्यान बचाएको छ।’

पछिल्लो समय रगतको आवश्यक पर्ने सेनाको ब्यारेक धाउने गर्छन्। सेनाले आफू मातहत रहेका सम्पूर्ण सैनिक कर्मचारीको रगत ग्रुप पहिले नै छुट्टयाएर राख्ने गरेकाे छ। भनेको वेला रगत दिन तयार हुने भएकाले यहाँका स्थानीय सेनाका ब्यारेक तथा युनिटमा रगत माग्न आउने गरेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले जानकारी दिए।

त्यस्तै यहाँको निजी क्षेत्रको अस्पातल शैलेश्वरीले पनि रगत संकलन शुरु गरे पनि रक्तदान गर्ने व्यक्ति नपाइने अस्पतालका चिकित्सक लोकेन्द्र बोहराले जानकारी बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘कोरोनाबारे सरकार नै त्रास फैलाइरहेछ’

‘कोरोनाबारे सरकार नै त्रास फैलाइरहेछ’

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले मन्त्रीहरूको अभिव्यक्तिले जनमानसमा कोरोनाबारे झनै त्रास बढेको बताएकी छिन्।

प्रतिनिधिसभा बैठकको विशेष समयमा भुसालले ‘सरकारले क्वारेन्टाइनमा राख्न सक्दैन, आफैँ बस्नू’ भन्ने स्वास्थ्यमन्त्रीको अभिव्यक्तिले सर्वसाधारण त्रासमा परेको तर्क गरिन्। सरकारले आफैँ त्रास फैलाइरहँदा कालोबजारी बढेको बताइन्। अर्थमन्त्रीले दाबी गरेअनुसार बजारमा अत्यावश्यकीय वस्तु पाउने अवस्था नरहेकाे उनकाे भनाइ छ।’खाद्यान्न तेल, इन्धन लुकाइएको छ’, उनले भनिन्, ‘सरकारले अनुगमन गरेको छैन।’

कोरोनाको डरकै कारण विश्वभर आवागमनमा रोक लगाउँदा नेपालमा किन रोक किन नलगाएको भन्ने प्रश्न गरिन्। सरकारले मौखिक रूपमा मात्र नभई व्यवहारमा देखाउनुपर्ने भुसालले बतााइन्। ‘भोलि नेपाललाई नाकाबन्दी लाग्यो भने पुग्ने औषधि र खाद्यान्नको व्यवस्था छ कि छैन’, उनले भनिन्, ‘सरकारले जवाफ देओस्।’

बैठमा नेकपाका सांसद खगराज अधिकारीले कोरोना संक्रमणबाट बच्न स्वास्थ्यकर्मीलाई तालिम र पर्याप्त कपडाको व्यवस्था गर्न सरकारलाई सुझाव दिए। कांग्रेसकी सांसद डिला संग्राैलाले संक्रमण नियन्त्रणका लागि सरकारले गरेकाे काम प्रभावकारी नभएकाे बताइन्।

राजपाका सांसद महिन्द्र राय यादवले विश्वभर फैलिसकेकाे संक्रमण राेकथामका लागि सरकारले गम्भीरता नदेखाएकाे आराेप लगाए। नेमकिपाका सांसद प्रेम सुवालले काेराेना संक्रमण नियन्त्रका लागि सरकारकाे काम प्रभावकारी नभएकाे दाबी गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विश्व मिर्गौला दिवस : मार्क इन्टरनेसनलमा साताव्यापी शिविर

विश्व  मिर्गौला दिवस : मार्क इन्टरनेसनलमा साताव्यापी शिविर

हेल्थ टिभी अनलाइन\काठमाडौं : आज विश्व मिर्गौला दिवस । विश्व मिर्गौला दिवसको अवसरमा कलंकीस्थित मार्क इन्टरनेसनल किड्नी सेन्टरले नि:शुल्क मिर्गौला परीक्षण शिविर आयोजना गरेको छ।

दिवसको अवसरमा सेन्टरले बिहीवार बिहान नेपाल नेसनल अस्पताल परिसरदेखि कलंकीसम्म प्रभातफेरी (वाकथन) निकाल्याे। दिवसकै अवसरमा अस्पताल परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

बिहीवार शुरु भएको मिर्गौला परीक्षण शिविर चैत ५ गतेसम्म चल्ने बताइएको छ। यो वर्षको विश्व मिर्गौला दिवसको नारा ‘स्वस्थ मिर्गौला स्वस्थ जीवन’ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘संसदमै कोरोना संक्रमणको त्रास छ’

‘संसदमै कोरोना संक्रमणको त्रास छ’

हेल्थ टिभी अनलाइन\काठमाडौं : समाजवादी पार्टीकी सांसद रेणुकुमारी यादवले संसदमै कोरोना भाइरस संक्रमणको त्रास रहेको बताएकी छिन्।

बिहीवारको प्रतिनिसिभा बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूलाई कोरोना भए के गर्ने भन्ने प्रश्न गरिन्। ‘हामी यो सदनमा सुरक्षित छौँ कि छैनौँ?’, उनले भनिन्, ‘साबुन पानीले हात धुनु भनेको छ, यहाँ कहाँ धुने? संसद भवनभित्र फोहोर भएको र त्यसको सरसफाइप्रति ध्यान नदिएको भन्दै यादवले आपत्ति जनाइन्।

‘विश्वका अन्य देश जोडतोडका साथ तयारी गरिरहेछन्’, उनले भनिन्, ‘हाम्रो सरकार भाषण गरिरहेको छ। सूचना प्रवाह गरेका छौँ भनेर मख्ख परेर बसेको छ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

तनहुँमा ४० करोड लगानीमा औषधि उद्योग स्थापना हुँदै

तनहुँमा ४० करोड लगानीमा औषधि उद्योग स्थापना हुँदै

हेल्थ टिभी अनलाइन\तनहुँ : व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्विटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ।

अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको जानकारी दिए। उनका अनुसार भवन दुई वर्षभित्रमा सम्पन्न हुनेछ।

४८ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले सोही भवनबाट पूर्णरूपमा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ। ‘उद्योगबाट ३० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेका छौँ’, उनले भने,‘निर्धारित समयमा नै उद्योग भवन निर्माण सम्पन्न गरिनेछ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’

‘गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’

हेल्थ टिभी अनलाइन\पाल्पा : माथागढी गाउँपालिकाले गर्भवती लक्षित ‘पोषणका लागि अण्डा उपहार’ कार्यक्रम सञ्चालन गरेको छ। ‘उपाध्यक्ष आमा सुरक्षा : गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालेको हो ।

नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा समेत ध्यान पुर्याउने भएकाले नियमित गर्भजाँच गराउनेलाई गाउँपालिकाले अण्डा उपहार अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए।

अभियानबाट गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा जानेको संख्या बढ्न थालेको पाइएको छ। संस्थागत सुत्केरी प्रोत्साहन रकम वितरण गर्दै आएको गाउँपालिकाले याे वर्षदेखि अण्डा र झण्डा अभियानलाई पनि सँगसँगै अगाडि बढाएको छ।

यस कार्यक्रमको लागि गाउँपालिकाले चार लाख रकम विनियोजन गरेको जनाइएको छ। ‘अझै पनि महिला स्वास्थ्य संस्थामा जान हिचकिचाउने पनि यदाकदा छन्, उनीलाई नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ’, उनले भने।

गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको छ। गर्भवती महिला स्वास्थ्य संस्थामा नै गर्भ परीक्षणका लागि पुगेपछि ३५० रूपैयाँ बराबरको अण्डा दिन थालिएको छ।

स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलालाई प्रतिव्यक्ति  दुई हजार ५०० रूपैयाँ प्रोत्साहनस्वरूप दिने गरेको रुप्से स्वास्थ्यचौकीका प्रमुख यमबहादुर चिदीले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश ५ को कार्यक्रम

मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश ५ को कार्यक्रम

हेल्थ टिभी अनलाइन\रूपन्देही : प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले मातृ तथा शिशुमृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।

प्रदेशका १२ जिल्लामा रहेका ३६३ बर्थिङ सेन्टरलाई दक्ष जनशक्ति र उपकरणसहित सुविधा सम्पन्न बनाउने तयारी भएको बुधबार पत्रकार सम्मेलन गरी मन्त्रालयले जनाएको छ।

सामाजिक विकासमन्त्री सुदर्शन बराललेसंघीय सरकारले प्रदान गरेको १० करोड रुपैयाँ विशेष अनुदानबाट सो कार्यक्रम सञ्चालन हुने जानकारी दिए। उनले कार्यक्रमबाट प्रसूति सेवा थप प्रभावकारी भई आमा र शिशुको स्वास्थ्यमा सुधार आउने बताए।

स्वास्थ्यकर्मीलाई तालिम तथा विभिन्न २६ प्रकारका सामग्री सेन्टरलाई उपलब्ध गराइने जनाइएको छ। प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटवलका निर्देशक महेश्वर श्रेष्ठले प्रदेशमा स्वास्थ्य संस्थामा प्रसूति हुनेको संख्या ५७ प्रतिशत रहेकोे जानकारी गराउँदै कार्यक्रमले मातृ तथा शिशुमृत्युदर घटाउन थप सहयोग पुग्ने बताए।

ताजा अपडेट