जमुनाहस्थित कोरोना हेल्थ डेस्कमा लापरबाही

हेल्थ टिभी अनलाइन\बाँके : नेपाल–भारत मुख्य सीमानाका जमुनाहमा सञ्चालित कोरोना जाँच हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य परीक्षणको विवरण राख्न लापरबाही भएको पाइएको छ।
यहाँका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का नेतृत्वको टोलीले शनिबार गरेको अनुगमनका क्रममा व्यक्तिको नाम र संख्यामा लापरबाही भएकाे फेला पारेकाे हो।
नेपालगञ्ज उपमहानगरपालिकाले दुई स्वास्थ्य कर्मचारीसहित स्थापना गरेको सो डेस्क व्यवस्थित नभएको देखिएपछि अनुगमन टोलीका सदस्य उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले स्वास्थ्यकर्मीलाई जाँच गरिएका सबैको विवरण राख्न निर्देशन दिए।
प्रमुख जिल्ला अधिकारी खड्काले शङ्कास्पद व्यक्ति पाइएमा भेरी अस्पतालमा तत्काल पठाउन निर्देशन दिँदै हेल्थ डेस्कमा एम्बुलेन्सको व्यवस्थासमेत गरेको जानकारी दिए।
औषधि खाँदै हुनुहुन्छ ? नगर्नुस् यस्ता गल्तीहरू
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी