Health TV Online

भारतमा १४८ जनामा कोरोना संक्रमण, महाराष्ट्रमा बढी

भारतमा १४८ जनामा कोरोना संक्रमण, महाराष्ट्रमा बढी

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बुधवार बिहानसम्ममा देशभर १४८ जनामा संक्रमण भइसकेको छ। यीमध्ये २४ विदेशी नागरिक छन्।

कोरोनाकै कारण तीनजनाको मृत्यु भएको छ भने १३ जना उपचारपछि घर फर्केका छन्। कोरोना संक्रमण फैलिएपछि धेरैजसो प्रदेशका स्कुल, कलेज र कार्यालय बन्द गरिएका छन्।

कोरोना संक्रमण सबैभन्दा बढी महाराष्ट्र प्रदेशमा फैलिएको छ। यहाँ ४२ जना संक्रमित छन्। महाराष्ट्र प्रदेशकै मुम्बईमा मंगलवार एकजनाको मृत्यु भएको थियो।

आन्ध्र प्रदेशमा एक, दिल्लीमा १०, हरियाणामा १६, कर्नाटकमा ११, केरलमा २७, पञ्जाबमा एक, राजस्थानमा दुई, तमिलनाडुमा एक, तेलंगानामा छ, जम्मू–कश्मीर में तीन, लद्दाखमा आठ, उत्तर प्रदेशमा १७, उत्तराखण्डमा एक, ओडिशामा एक र पश्चिम बंगालमा एकसंक्रमित भएको आजतकको समाचारमा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतीय अभिनेतृ सोनम कपुर लण्डनबाट फर्किएसँगै आइसोलेसनमा

भारतीय अभिनेतृ सोनम कपुर लण्डनबाट फर्किएसँगै आइसोलेसनमा

भारतीय अभिनेतृ सोनम कपुर आइसोलेसनमा बसेकी छिन्। बेलायतको लण्डनबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्।

लण्डनबाट फर्किँदै गर्दा उनले इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्। विमानस्थलमा धेरैपटक जाँच गरिएकोे र घर पुगेर परिवारसँगको भेटपछि उनले आफूलाई आइसोलेसनमा राख्ने निर्णय भारतीय सञ्चारमाध्यमले जनाएको छ।

सोनमले मास्क लगाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

View this post on Instagram

Stay safe guys♥️ @sonamkapoor . . . #sonamkapoor // #corona #coronavirus #covid_19

A post shared by Sonam K Ahuja (@sonamkapoorpedia) on

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना भाइरस संक्रमण १६५ देशमा, ज्यान गुमाउनेको संख्या आठ हजार पुग्यो

कोरोना भाइरस संक्रमण १६५ देशमा, ज्यान गुमाउनेको संख्या आठ हजार पुग्यो

कोरोना भाइरस संक्रमण (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या करिब ८ हजार पुगेको छ। संक्रमणका कारण अहिलेसम्म सात हजार ९८७ जनाले ज्यान गुमाएका हुन्‌। पछिल्लो २४ घण्टामा ८२० जनाको मृत्यु भएको छ। बुधवारसम्ममा यो संक्रमणबाट १६५ देशप्रभावित भएका छन्।

संक्रमणकाे उद्गम चीनमा संक्रमणा दर मृत्यु हुनेकाे संख्या घटिरहेकाे छ। पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ।

इटालीमा थप ३४५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या दुई ५०३ जनाको मृत्यु भएको छ। इरानमा थप १३५, स्पेनमा थप १९१ र फ्रान्समा थप २७ जनाको मृत्यु भएको छ।

अमेरिकाको ५० वटै राज्यमा कोरोना संक्रमण देखिएको छ। अमेरिकामा अहिलेसम्म ६ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसका कारण अमेरिकामा १११ जनाको मृत्यु भएको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाविरुद्ध आईएफसीद्वारा थप १४ बिलियन डलर सहायता घोषणा

कोरोनाविरुद्ध आईएफसीद्वारा थप १४ बिलियन डलर सहायता घोषणा

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ।

बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को निर्देशक समितिले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर  परिचालन गर्ने जनाएको छ।

प्रभावित मुलुक र त्यहाँका कम्पनीहरूलाई द्रुत गतिमा प्रवाह हुनेगरी नयाँ सहायता रकम घोषणा गरेको विश्व बैंकले जनाएको छ। यो सहायता परिचानमार्फत कोरोना रोकथाम, पहिचान र नियन्त्रणका लागि कदम चालिनेछ।

प्रभावित मुलुकहरूमा स्वास्थ्य पूर्वतयारी, रोग नियन्त्रण, रोकथाम, निदान र उपचार एवं निजी क्षेत्रलाई सहयोग गर्ने विश्व बैंकले जानकारी दिएको छ। यसअघि आइएफसीले ८ बिलियन अमेरिकी डलर सहायता रकम घोषणा गरेको थियो।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विश्वव्यापी महामारीबाट आर्थिक असर कम गर्न अमेरिका र ब्रिटेनद्वारा आर्थिक राहत कार्यक्रम घोषणा

विश्वव्यापी महामारीबाट आर्थिक असर कम गर्न अमेरिका र ब्रिटेनद्वारा आर्थिक राहत कार्यक्रम घोषणा

अमेरिका र ब्रिटेनका सरकारले कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण धर्मराएको अर्थतन्त्रलाई त्राण दिन ठूला राहत योजनाको घोषणा गरेका छन्।

अमेरिकी अर्थमन्त्रीका अनुसार १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन लागिएको छ।

ब्रिटेनले भाइरसको असरबाट प्रभावित व्यवसायहरूलाई झन्डै ४०० अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेको छ।

अमेरिकी अर्थमन्त्री स्टीभ मनूशिनले झन्डै १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन आवश्यक विधेयक पारित गर्न आफूले छिट्टै कङ्ग्रेसमा छलफल गर्ने बताएका छन्।

त्यसअघि द वाशिङ्टन पोस्ट पत्रिकाले ट्रम्प प्रशासनले कोरोनाभाइरसको महामारीसँग सङ्घर्ष गर्न ८५० अर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन लागेको जनाएको थियो।
राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आफ्नो सरकार भाइरससँग सङ्घर्ष गर्न कडा रूपमा प्रस्तुत हुन लागेको बताएका छन्।

उनले भने, हाम्रो योजना ठूलो र कडा रूपमा अघि बढ्ने हो। हाम्रो देश बलियो छ, यति बलियो कहिले पनि थिएन। यो अदृश्य शत्रुका कारण हामी वायुसेवा वा अरू कुनै पनि व्यवसाय बन्द भएको र मानिसहरू बेरोजगार भएको हेर्न चहादैनौँ। जब कि चार हप्ताअघि सम्म स्थिति निकै राम्रो थियो।

भाइरस अहिले अमेरिकाका ५० वटै राज्यमा फैलिसकेको छ र त्यहाँ १०० जनाभन्दा बढीको ज्यान गइसकेको विवरण छ।

विश्वभरि झन्डै दुई लाख मानिस सङ्क्रमित भएका र झन्डै ८,००० जनाको ज्यान गइसकेको छ।

ब्रिटेनका प्रमुख अर्थमन्त्री रिशी सुनकले धराशायी हुन लागेका व्यवसायको राहतका लागि सरकारले झन्डै ४०० अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेका छन्।

बीबीसीबाट

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘सरकारले मुखसम्बन्धी स्वास्थ्यलाई प्राथमिकतामा राखेन’

‘सरकारले मुखसम्बन्धी स्वास्थ्यलाई प्राथमिकतामा राखेन’

काठमाडौं हेल्थ टिभी\अनलाइन : सरोकारवालाले सरकारले मुखसम्बन्धी स्वास्थ्यलाई प्राथमिकतामा नराख्दा सर्वसाधारण यससम्बन्धी अधिकारबाट वञ्चित भएको बताएका छन्।

उनीहरूले मुखसम्बन्धी स्वास्थ्यलाई बेवास्ता गर्दा दूरदराजका नागरिक क्यान्सर ट्युमर र अल्सरजस्ता समस्याबाट पीडामा परेको बताएका हुन्।

विश्व मुख स्वास्थ दिवसका अवसरमा मंगलवार आयोजित साक्षात्कारमा नेपाल डेण्टल साइन्स हाइजेनिष्ट एसोसिएसनका अध्यक्ष  माइकल देवकोटाले स्वास्थ्य सेवा विभागले दाँत तथा मुखसम्बन्धी रोगको रोकथामका निम्ति छुट्यााएको बजेट सदुपयोग हुन नसकेको बताए। उनले सरकारले मुख स्वास्थ्यलाइ प्राथमिकतामा  राख्नपर्नेमा जोड दिए ।

एसोसिएसनले सातवटै प्रदेश र ७५३ वटै स्थानीय तहमा दन्त चिकित्सकको दरबन्दी राख्न माग गरेको छ। कार्यक्रममा सहभागीलाई ब्रस तथा टुथपेस्ट वितरण गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

परीक्षा सकेका ७० लाख बालबालिकालाई घरभित्रै बस्न शिक्षा मन्त्रालयको आग्रह

परीक्षा सकेका ७० लाख बालबालिकालाई घरभित्रै बस्न शिक्षा मन्त्रालयको आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं:  कोरोनाबाट बच्न परीक्षा सकेका ७० लाख बालबालिकालाई तीन साता घरभित्रै रहन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पाेखरेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ५ गते परीक्षा सकिने १ देखि ९ कक्षासम्मका विद्यार्थीहरुलाई कम्तीमा ३ साता भिडभाडमा नजान अपिल गरेका हुन्।  विद्यालयलाई पनि प्रवेश परीक्षा, अभिभावक भेला वा भर्नाका नाममा विद्यालयमा भिडभाड नगर्न अपिल गरिएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले १ देखि ९ कक्षा सम्मको परीक्षा यही चैत ५ गतेभित्र सक्न आव्हान गरेको थियो । सोही बमोजिम ९ कक्षासम्मका विद्यार्थीको परीक्षा भोलि अर्थात ५ गने सकिंदैछ ।

यसैगरी चैत ६ गतेदेखि शुरु हुने एसईई परीक्षामा सामेल हुने विद्यार्थीको लागि प्रत्येक सेन्टरमा हेल्थ डेस्क अनिवार्य राखिने पनि बताइएको छ । यसैगरी परीक्षा केन्द्रमा अनावश्यक भिडभाड नगरिदिन अभिभावकलाई पनि शिक्षा मन्त्रालयले विज्ञप्ति मार्फत अपिल गरेको छ । यसवर्षको एसईई परीक्षा देशभरका १९ सय ९५ केन्द्रमा शुरु हुँदैछ ।

जसमा ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थी सामेल हुँदैछन्।

प्रेस विज्ञप्ति:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अस्ट्रेलियामा कोरोना देखिएका एकजना नेपाली संक्रमणमुक्त

अस्ट्रेलियामा कोरोना देखिएका एकजना नेपाली संक्रमणमुक्त

अस्ट्रेलियामा कोरोना भाइरस संक्रमण देखिएका एक जना नेपाली विद्यार्थी संक्रमणमुक्त भएका छन्।

अष्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार त्यहाँ कोरोनाभाइरस संक्रमण देखिएका एकजना नेपाली विद्यार्थी संक्रमणमुक्त भएर घर फर्केका छन्।

नेपालबाट सिङ्गापुर हुँदै अस्ट्रेलिया पुगेका ती व्यक्तिमा दुई साताअघि कोरोना भाइरसकाे संक्रमण भएको पुष्टि भएको थियो।
दुइ साता अघि  परीक्षण गर्दा काेराेना संक्रमण पुष्टी भएपछि उनी अस्पताल भर्ना भएका थिए।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

काेराेना संक्रमणकाे त्रासले ताजमहल बन्द

काेराेना संक्रमणकाे त्रासले ताजमहल बन्द

भारतको प्रसिद्ध पर्यटकीय स्थल ताजमहल बन्द गरिएको छ।

कोरोना भाइरस संक्रमणको त्रासले उत्तर प्रदेश राज्यस्थित प्रसिद्ध स्मारक ताजमहल अहिले बन्द गर्नुपर्ने अवस्था आएको संस्कृति मन्त्रायलले जनाएको छ। प्रत्येक दिन सरदर ७० हजार पर्यटक ताजमहल पुग्ने गरेको बताइन्छ।

महामारी फैलिन नदिन सरकारले अन्य ऐतिहासिक स्थल तथा सङ्ग्रहालय पनि बन्द गरेको छ।

संस्कृतिमन्त्री प्रह्लाद पटेलले ती स्थान मार्च ३१ सम्म बन्द रहने र त्यसपछि समीक्षा गरेर के गर्ने भन्ने निर्णय लिने बताए।

सरकारले शैक्षिक संस्था, सपिङ मल, रेस्टुराँ तथा धार्मिकस्थल जान र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएपछि भारतका विभिन्न स्थानमा बन्दको जस्तै स्थिति देखिएको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बरामद मास्क बजार मूल्यअनुसार बेच्नू, रकम प्रहरीको खातामा राख्नू

बरामद मास्क बजार मूल्यअनुसार बेच्नू, रकम प्रहरीको खातामा राख्नू

हेल्थ टिभी अनलाइन\काठमाडाैं : महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले प्रहरीले बरामद गरेको मास्क बजार मूल्यअनुसार बिक्री वितरण गर्न निर्देशन दिएका छन्।

सोमवार विज्ञप्ति जारी गरी महान्यायाधिवक्ता खरेलले बरामद भएका मास्क बजार मूल्यअनुसार साझा स्वास्थ्य सेवालगायत सार्वजनिक संस्थाबाट बिक्री गरी रकम प्रहरीकै धराैटी खातामा राख्न निर्देशन दिएका हुन्।

उनले मास्क मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा २७ अनुसार हालको बजार मूल्यमा बिक्री गर्न निर्देशन दिएका हुन् । प्रहरीले आइतबार १० लाखभन्दा बढी कालोबजारी गरिरहेको मास्क कपनबाट बरामद गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमण : मृत्यु हुनेकाे संख्या ६ हजार ६०० नाघ्याे

कोरोना संक्रमण :  मृत्यु हुनेकाे संख्या ६ हजार ६०० नाघ्याे

महामारीका रूपमा फैलिँदै गरेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ हजार ६०६ पुगेको छ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको सोमवारसम्मको विवरणअनुसार संसारभर एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण १५२ देशमा पुगेको छ।

संक्रमितकाे संख्या अघिल्लो दिनको तुलनामा साेमवार १३ हजार ९०३ बढेकाे अधिकारीले जानकारी दिएका छन्। त्यसैगरी मृत्यु हुनेको संख्या पनि अघिल्लो दिन भन्दा ८६२ ले बढी रहेको विवरणमा उल्लेख गरिएको छ।

मृत्यु र संंक्रमितको तथ्याङ्क हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप देखिएको छ। युरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी र स्विजरल्याण्ड बढी प्रभावित भएका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतकाे मुम्बईमा कोरोना संक्रमणले एकजनाको मृत्यु

भारतकाे मुम्बईमा कोरोना संक्रमणले एकजनाको मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ।

मुम्बईका ६४ वर्षीय एक पुरूषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मंगलबार कस्तुरबा अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएकाे हाे।

देशभर रहेका १२८ संक्रमितमध्ये महाराष्ट्रमा मात्र ३९ जना रहेको जनाइएकाे छ। यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ।

यसअघि दिल्लीमा एक र कनार्टकमा एकजनाको मृत्यु भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘कोरोना महामारी नियन्त्रण गर्न परीक्षण प्राथमिकतामा राख्नुस्’

‘कोरोना महामारी नियन्त्रण गर्न परीक्षण प्राथमिकतामा राख्नुस्’

हेल्थ टिभी अनलाइन\काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण गर्न परीक्षणमा जोड दिनुपर्ने बताएकाे छ।

सोमबार जेनेभामा भएको पत्रकार सम्मेलनमा संगठनका प्रमुख टेड्रोसले कोरोना रोकथामको पहिलो उपाय नै परीक्षण भएको बताएका हुन्। उनले आशंका लागेकाजतिलाई परीक्षण गरी ढुक्क हुनुपर्ने बताए। यसका लागि तयारी गर्न पनि उनले आह्वान गरे।

उनले चीनपछि युरोपमा महामारीको रूपमा फैलिएको कोरोना नियन्त्रण गर्न सबै राष्ट्रले परीक्षणमा जोड दिँदै अघि बढ्नुपर्ने बताए। बालबालिका, गर्भवती र बुढाबुढीमा कोरोनाको जोखिम बढी हुने भएकाले उनीहरूको उपचारमा छुट्टै ‘गाइडलाइन्स’ बनाएको पनि उनले जानकारी दिए।

कोरोना संक्रमण फैलिएका धेरै देशले हवाइ उडान बन्द गरेका छन् भने शहर, व्यापारिक केन्द्र, विद्यालय, कलेज सबै बन्द गरेका छन्। विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्व महामारीको संज्ञा दिइसकेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

काेराेना संक्रमण नभएकाे पुष्टि

काेराेना संक्रमण नभएकाे पुष्टि

हेल्थ टिभी अनलाइन\लहान : कोरोना भाइरस (कोभिड १९) को संक्रमण आशंका गरी परीक्षणका लागि जनकपुर पठाइएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ।

केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस संक्रमण हुनसक्ने आशंकामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो।

सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। कोरोना भाइरसको लक्षण नदेखिएपछि उनीहरू राति नै घर फर्किएको प्रमुख यादवले बताए।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरूमा रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गरी थप उपचारका लागि स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्सबाट जनकपुर पठाएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गर्भवतीलाई तालिमसँगै अण्डा र घिउ

गर्भवतीलाई तालिमसँगै अण्डा र घिउ

हेल्थ टिभी अनलाइन\कपिलवस्तु : शिवराज नगरपालिका–१ ले गर्भवती र सुत्केरीको स्वास्थ्य सुधारका लागि घिउ र अण्डा वितरण गर्दै आएको छ। वडाले हालै मात्र ६० गर्भवतीलाई वडा कार्यालयले प्रतिमहिला एक क्यारेट अण्डा दिएको छ।

वडाले कसरी स्वस्थ बच्चा जन्माउने भन्ने विषयमा तालिमसमेत दिने गरेको छ। गर्भवतीलाई स्वस्थ राख्नका लागि अण्डा तथा तालिम प्रदान गर्न नगरले प्रतिवडा ५० हजार रुपैयाँ विनियोजन गरेको छ। वडामा रहेका सबै गर्भवतीसँग स्वास्थ्यकर्मी सम्पर्कमा रहेको वडाध्यक्ष जगत क्षत्रीले जानकारी दिए। स्वस्थ बच्चा जन्माउन पौष्टिक आहार र स्याहारसुसारमा विशेष ध्यान दिन तालिम दिएको उनले बताए।

वडाले हालै १४ सुत्केरीलाई आधा किलो घिउ, आधा किलो मह र एक प्याकेट पौष्टिक पाउडरसहित घरमै गएर स्वास्थ्य जाँच गरेको छ। गत फागुनमा १६ जना सुत्केरीलाई उक्त आहार वितरण गरिएको थियाे।

वडा कार्यालय र शिवपुर स्वास्थ्यचौकीको सहकार्यमा सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले जानकारी दिए। पछिल्लो समय घरमा सुत्केरी गराउनेको संख्या शून्य रहेको उनको भनाइ छ।

वडा कार्यालयले वडाभित्र रहेका गर्भवतीका घरमा हरियो झण्डा कार्यक्रमसमेत लागू गरेको छ। गर्भवतीको पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले गर्भवतीका घरमा हरियो झण्डा फहराउने अभियान ल्याएकाे वडाले जनाएको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई दादुरा–रुबेला खोप

भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई दादुरा–रुबेला खोप

हेल्थ टिभी अनलाइन\भक्तपुर : यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका करिब ३१ हजार ८७० बालबालिकालाई दादुरा–रुबेला रोग विरुद्ध खोप लगाउन शुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले सोमबारदेखि खोप लगाउन शुरु गरेको जानकारी दिए।

भक्तपुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक गरी चार नगरपालिकामा १९८ खोप केन्द्र, प्रत्येक वडामा कम्तीमा नौ खोप केन्द्र सञ्चालन भएको उनले बताए। प्रत्येक खोप केन्द्रमा दुई जनाका दरले स्वयंसेविका परिचालित छन्।

सरकारले पहिलो चरणमा गत फागुन महिनाभर प्रदेश १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खोप लगाएको थियो। सोमबार शुरु भएको दोस्रो चरणकाे अभियानमा वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइँदै छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

चितवनमा बन्दै ७५ शय्याको आइसोलेसन वार्ड

चितवनमा बन्दै ७५ शय्याको आइसोलेसन वार्ड

हेल्थ टिभी अनलाइन\चितवन : यहाँ कोरोना भाइरसका शंकास्पद बिरामीलाई उपचार गर्न ७५ शय्याको आइसोलेसन वार्ड बनाइने भएको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी यहाँको ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल र दुई मेडिकल कलेज एवं निजी अस्पतालमा वार्ड व्यवस्थापन गर्न लागेको जानकारी दिएको हो।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भरतपुर अस्पतालमा हाल सञ्चालनमा रहेका १९ शय्यालाई थप गरी २० पुर्याइने, दुई मेडिकल कलेजमा २०\२० श्ययाको छुट्टै कक्ष बनाइनेछ। यस्तै निजी अस्पतालमा १५ शय्या व्यवस्थापन गरिने छ। जिल्लामा आएका शंकास्पद बिरामीलाई राख्नका क्वारेन्टाइन निर्माणका लागि स्थानको खोजी भइरहेको छ। ‘शङ्कास्पद बिरामीलाई राख्नका लागि क्वारेन्टाइन बनाउने ठाउँको खोजीमा छौँ’, उनले भने।

जिल्ला प्रशासन कार्यालयले सबै चनाखो भएर पूर्वतयारी गर्न आग्रहसमेत गरेको छ । प्रशासनले जिल्लामा भित्रने नाकामा कडाइ गर्न लागेको छ। विदेशी नागरिक प्रवेश गर्न सक्ने नाका भरतपुर विमानस्थल, पर्साको ठोरी हु्ँदै माडी जोड्ने नाकामा जाँचको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

पत्रकार सम्मेलनमा संक्रमण हुन नदिन र भइहालेमा आवश्यकतानुसार एम्बुलेन्स प्रयोग सहज हुनेगरी तयारी गरिएको, जनचेतनामूलक कार्यक्रम गर्न लगाइएको, संघ, प्रदेश र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिइएको छ। यस्तै स्वास्थ्यकर्मीलाई अत्यन्त जरुरी कामबाहेक बिदा नबस्न पत्राचार गरिएको बताइएको छ। त्रास फैलाउने मनसायले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कारवाही अघि बढाएको पनि जानकारी दिइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतीय अभिनेता दिलीपकुमार क्वारेन्टाइनमा

भारतीय अभिनेता दिलीपकुमार क्वारेन्टाइनमा

भारतीय अभिनेता दिलीपकुमार क्वारेन्टाइनमा बसेका छन्। ९७ वर्ष पुगेका दिलीपकुमार कोरोना भाइरस संक्रमित भएर क्वारेन्टाइनमा बसेका होइनन्। यसबाट जोगिन उनले क्वारेन्टाइनमा बस्ने निर्णय गरेका हुन्।

अभिनेता दिलीपकुमारले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्ताे जानकारी दिएका छन्। साथै उनले कोरोना भाइरसबाट जोगिन सबैलाई सुझावसमेत दिएका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना भाइरस : मानिसको शरीरमा के गर्छ?

कोरोना भाइरस : मानिसको शरीरमा के गर्छ?

गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोना भाइरस र यसले लगाउने रोग कोभिड १९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ।

कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ। यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ? यसका कारण किन मानिसको जान्छ?

यसको उपचार कसरी भइरहेको छ त?

संक्रमणकाल

मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। त्यसलाई इन्क्युबेशन पीरीअड अथवा संक्रमणकाल भनिन्छ। त्यो बेला भाइरसहरूले तपाईँको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन्।

यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा कोरोना भाइरस शरीरमा पस्न सक्छ। तपाईँको दूषित कुनै वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि त्यसले शरीरमा छिर्न सक्छ।

त्यसले पहिला तपाईँको घाँटीभित्रका कोष, सासनली र फोक्सोलाई असर गर्न थाल्छ। बिस्तारै ती अंग कोरोना भाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन्। तिनले तपाईँका थप कोषलाई आक्रमण गरेर तिनमा आफ्नो अधिकार स्थापित गर्छन्।

प्रारम्भिक अवस्थामा तपाईँ बिरामी पर्नुहुन्न। केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन। भाइरस स्थापित हुने संक्रमणकालीन अवधि सरदर पाँच दिनको भएको पाइएको छ।

सामान्य रोग

अधिकांश संक्रमित मानिसले यो बेहोर्नुपर्छ। कोभिड १९ भन्ने रोग १० मध्ये आठ जनाका लागि सामान्य रोग हो। उनीहरूलाई रुघा लाग्ने र ज्वरो आउँछ। शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छन्। तर ती लक्षण देखिन्छन् नै भन्ने छैन।

ज्वरो आउनु र असहज महशुस गर्नु तपाईँको प्रतिरक्षा प्रणाली सक्रिय भएर त्यसले संक्रमणसँग संघर्ष गरिरहेको परिणाम हो। यस्तो बेला भाइरस कुनै बाह्य तत्त्व हो भन्ने बुझेर त्यसविरुद्ध लड्न उक्त प्रणालीले साईटकाइन नामक प्रोटिन परिचालन गर्छ।

यस्तो बेला प्रतिरक्षा प्रणाली पूरै सक्रिय हुन थाल्छ। तर सँगसँगै शरीरमा पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने हुन्छ। कोरोनाभाइरस सङ्क्रमण भएको बेला सुक्खा खोकी लाग्छ। त्यति बेलासम्म भाइरसहरू कोषमा बिस्तारै सक्रिय हुन थाल्छन्। केही मानिसलाई खकार पनि आउन थाल्छ।

यस्ता लक्षण देखिएमा बिरामीलाई ओछ्यानमा आराम गर्न लगाइन्छ र पर्याप्त झोल कुरा खान दिइन्छ। प्यारासिटामोल पनि दिइन्छ। यति बेला अस्पताल नै लगेर विशेष उपचार गर्न आवश्यक हुँदैन।

एक हप्तासम्म रहन सक्ने यो अवस्थामा प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण अधिकांश बिरामीहरूलाई निको हुन्छ। तर केही केहीलाई गम्भीर प्रकारको समस्या उत्पन्न हुन सक्छ। अहिलेसम्म हामीले बुझेको यत्ति नै हो।

तथापि नयाँ अध्ययनले कोही बिरामीको नाकबाट धेरै सिँगान आउने गरेको पनि देखाएको छ।

गम्भीर रोग

यदि रोग अझै गम्भीर हुँदै गयो भने भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियता त्यसको कारण हुन सक्छ।

प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले शरीरमा जलन हुन सक्छ। तर त्यसलाई सावधानीपूर्वक सन्तुलन मिलाउनुपर्ने हुन्छ। धेरै जलन भइरहे शरीरमा निकै धेरै हानि पनि हुन सक्छ।

‘भाइरसले प्रतिरक्षा प्रणालीमा असन्तुलन ल्याउन थाल्यो भने शरीरमा धेरै जलन हुन सक्छ, त्यस्तो बेला के भइरहेको हो थाहा नहुन पनि सक्छ’, किङ्स कलेज लन्डनकी चिकित्सक नथाली म्याक्डर्मट भन्छिन्।

फोक्सोमा हुने जलन नै निमोनिया हो। मुखबाट सासनली हुँदै हामीले फेर्ने सास अर्थात् वायु फोक्सोमा भएका ससाना कोठामा पुग्छ।

त्यही कोठाबाट अक्सिजन रगतसँग मिसिन्छ र कार्बनडाईअक्साईड बाहिर निस्किन्छ। तर निमोनिया हुँदा ती साना कोठा पानीले भरिन थाल्छन् र त्यसै कारण सास फेर्न कठिन हुन्छ।

यस्तो बेला कसैकसैलाई त सास फेर्न सहज बनाउने भेन्टिलेटरको सहायता चाहिन्छ। चीनबाट प्राप्त तथ्याङ्कअनुसार १४ प्रतिशत बिरामी यस्तो अवस्थामा पुगेका छन्।

अतिगम्भीर रोग

बिरामी भएका छ प्रतिशत व्यक्ति मात्र अति गम्भीर बिरामी हुने गरेको पाइएको छ। यति बेलासम्म शरीर निस्तेज हुन थाल्छ र मृत्यु हुने सम्भावना बढी हुन्छ।

यति बेला मानिसको रोग प्रतिरोध गर्ने प्रणाली नियन्त्रणभन्दा बाहिर पुगिसकेको हुन्छ र पूरै शरीरभित्र क्षति पुगिरहेको हुन्छ। यस्तो बेला बिरामीको रक्तचाप डरलाग्दो तहमा झरेर अङ्गहरूले काम नगर्ने वा पूरै विफल हुने ‘सेप्टिक शक’ भनिने अवस्था आउन सक्छ।

फोक्सोमा धेरै जलन भएर बिरामीले सास फेर्न नसक्ने अवस्था उत्पन्न भएपछि बाँच्नको लागि पर्याप्त अक्सिजन प्राप्त हुँदैन। त्यस्तो बेला मिर्गौलाले रगत सफा गर्न पनि सक्दैन आन्द्रामा समेत क्षति पुग्न थाल्छ।

‘भाइरसले यति धेरै जलन गराउन थाल्छ कि तपाईँको धेरै अङ्गहरूले काम गर्न छोडिदिन्छन्’ डा. भरत पाखानियाले भने। यदि प्रतिरक्षा प्रणालीले भाइरसलाई जित्न सकेन भने त्यो शरीरको सबै भागमा पुग्न थाल्छ र त्यसले अझै धेरै क्षति पुर्‍याउन थाल्छ।

यस्तो बेलामा गरिने उपचार अलि बढी नै कडा हुने गर्छ। यस्तो बेला एम्को भनिने बाहिरी यन्त्रको सहायताले रगतमा अक्सिजन दिने प्रणाली प्रयोग गरिन्छ।

त्यो कृत्रिम फोक्सोजस्तै हो जसले शरीरको रगतलाई बाक्लो नलीको सहायताले बाहिर निकाल्छ त्यसमा अक्सिजन भर्छ र फेरि भित्र पठाउँछ। तर भाइरसको प्रभाव बढ्दै गएमा क्षति खतरनाक तहमा पुग्छ। त्यति बेला अङ्गहरूले शरीरलाई जीवित राख्न सक्दैनन्।

प्रारम्भिक मृत्यु

चिकित्सकहरूले यथासम्भव प्रयास गर्दा पनि केही बिरामीलाई बचाउनै नसकिएको अनुभव बताएका छन्।

वुहानको जिन्यितान अस्पतालमा मृत्यु भएका पहिला दुई बिरामीका विषयमा ल्यान्सिट मेडिकल जर्नलमा लेखिएको छ। स्वस्थ भए पनि उनीहरूले लामो समयदेखि धूमपान गर्ने गरेका थिए जसका कारण उनीहरूको फोक्सो कमजोर भएको थियो।

पहिलो बिरामी एक ६१ वर्षीय पुरुष थिए जो गम्भीर निमोनियाबाट पीडित भएपछि अस्पताल पुगेका थिए। उनलाई सास फेर्न निकै कठिन भइरहेको थियो र भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनको मुटुले पनि काम गर्न छोड्यो।

अस्पताल भर्ना गरिएको ११ दिनपछि उनको ज्यान गयो। अर्का बिरामी पनि ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गाह्रो हुने व्यथा लागेको थियो।

उनको उपचार गर्न एम्को नामक उपकरण प्रयोग गरियो। तर त्यो पर्याप्त भएन। गम्भीर निमोनिया र रक्तचाप निकै तल झरेपछि सेप्टिक शकका कारण उनको मृत्यु भयो।

बीबीसी नेपालीबाट

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘कोरोना भाइरससँग भयभीत नहुनुस्, बरु सुरक्षित र सतर्क रहनुस्’

‘कोरोना भाइरससँग भयभीत नहुनुस्, बरु सुरक्षित र सतर्क रहनुस्’

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमणको विषयमा त्रासमा नबस्न र आवश्यक तयारी गर्न सुझाव दिएको छ।

संघले सोमवार विज्ञप्ति निकालेर कोरोना संक्रमण फैलिन नदिन र जोखिम न्यूनीकरणका लागि अस्पतालहरुको पहिचान गरी न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो।

संघले उपचारका लागि तोकिएका अस्पतालहमा रहेका अन्य बिरामीहरूलाई अन्य अस्पतालमा स्थानान्तरण गर्ने वातावरण मिलाउन पनि आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनको चेतावनी र छिमेकी मुलुकमा देखिएको अवस्थालाई मध्यनजर गर्दै सरकारी तयारी पूर्वतयारी कमजोर देखिएको भन्दै संघले सरकारको ध्यानाकर्षणसमेत गरेको छ।

संघले सम्भाव्य जोखिम न्यूनीकरण तथा ल्याब टेष्टको दायरा बढाउन आवश्यक औषधि, उपकरण र जनशक्तिको व्यवस्था गर्न संघले सरकारसँग आग्रह गरेको छ। विमानस्थल र सीमा नाकामा हुने जाँचलाई प्रभावकारी र व्यवस्थित बनाएर नेपाल प्रवेश गर्ने व्यक्तिहरूको निगरानी राख्ने र थप जाँच तथा उपचारको प्रबन्ध गर्नुपर्ने संघको भनाइ छ।

अध्यक्ष डा. लोचन कार्की र महासचिव बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघले सरकारलाई पर्ने आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएको छ।

ताजा अपडेट