सुदूरपश्चिममा थप १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : सुदूरपश्चिममा आज थप १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बिहीबार थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो।

बिहीबार थपिएका संक्रमित मध्ये डडेल्धुराका ८३, अछाममा २९ र बैतडीका २५ जना रहेका छन्। डडेल्धुरा जिल्लामा थप ८३ जनामा कोरोना पुष्टि भएको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरीप्रशाद भट्टले बताए।

भारतबाट स्वदेश फर्केर विभिन्न क्वारेन्टाइनमा बसेका र यसअघि आरडीटी रिपोर्ट पोजेटिभ देखिसकेका २५ जनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमित २५ जना मध्ये २ जना महिला र २३ जना पुरुष रहेका छन्।

नयाँ थपिएका संक्रमितहरु क्वारेन्टाइनमै रहेको जानकारी आएको र उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए। अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा २३ जना र सांफेबगर नगरपालिकामा ६ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए।

सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला रहेकाे र  स्वाबको चाप बढ्दै गएपछि २ हजार ६६ जनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाईएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोना कहर: एकैदिन झण्डै १३ हजार संक्रमित थपिए

हेल्थ टिभी अनलाइन : भारतमा एकैदिन झण्डै १३ हजार नयाँ संक्रमित थपिएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ एकैदिन १२ हजार ८ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ भने हालसम्म १२ हजार २३७ जनाको मृत्यु भइसकेको छ । भारतमा १ लाख ९४ हजार संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

यसैगरी गत २४ घण्टामा ३ सय ३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। कोरोना संक्रमित धेरै हुने देशहरुमध्ये अमेरिका, ब्राजिल र रुसपछि भारत रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मनाङका एक जनासहित गण्डकी प्रदेशमा थपिए ४२ जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं : गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । निर्देशनालयका अनुसार आव संक्रमण पुष्टि हुनेहरुमा नवलपरासीका १८ जना, तनहुँका १२ जना, गोरखाका ११जना र मनाङमा १ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबै क्वारेन्टाइनमा रहेको र अब सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन\डडेल्धुरा: कैलालीमा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्वर -४ का ४६ बर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको हो ।

उनको स्वास्थ्य अवस्था हिजोदेखि नै बिग्रिदै आएको थियो । उनलाई अस्पतालले आईसियूमा राखेर उपचार गरिरहेकोमा आज साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालले आईसियूमा राखेर उपचार भईरहेकोमा आज साँझ ७ बजेर ५२ मिनेटमा संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। यसअघि उनको नवजीवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि शनिबार उनलाई सेती अस्पतालमा ल्याइएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

रिफर गरेको बिरामीको कोरोनाले मृत्यु भएपछि लम्की अस्पतालका सबै सेवा बन्द

शेर भण्डारी\डडेल्धुरा: रिफर बिरामीको मृत्युपछि कोरोना पुष्टि भएसँगै कैलालीको लम्कीचुहा अस्पतालले अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको छ।

अस्पतालले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जानकारी दिएको हो।

नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका- २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो। ति महिलालाई लम्की अस्पतालले रिफर गरेको थियो।

टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलवार मृत्यु भएको थियो। मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार मृत्यु भएकी ४३ बर्षिया महिलामा आज कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।

उनको मंगलबार मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब लिइएको थियो । मेडिकल कलेज कोहलपुरका सह निर्देशक डाक्टर नितेश कनोडियाले मृत्यु भएकी महिला कैलाली लम्कीचुहा नगरपालिका २ की भएको बताए । महिलाको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई जेठ ३१ गते मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।

गम्भीर अवस्थामा अस्पताल आएकी उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो । योसँगै दुई दिनको अवधिमा उक्त मेडिकल कलेजमा मृत्यु भएका दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मात्र बाँके वैजनाथकी ४६ वर्षीय महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आईओएमको डीनमा प्राडा दिव्या सिंह शाह नियुक्त

हेल्थ टिभी अनलाइन\ काठमाडौं: चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीनमा प्राडा दिव्या सिंह शाह नियुक्त भएकी छिन्। डीन सिफारिस गर्न बनको तीन सदस्यीय सर्च कमिटिले आज तीन जनाको नाम सिफारिस गरेको थियो ।

त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले सर्च कमिटीले सिफारिस गरेको तीन जनाको नाम मध्येबाट प्राडा शाहलाई डीनमा नियुक्त गर्ने निर्णय गरेको हो । हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा शाहले आफूले भर्खर मात्र डीनमा नियुक्त भएको थाहा पाएको भन्दै आफू चिकित्सा शिक्षा क्षेत्रको सुधारमा लाग्ने र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको बताईन्।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा शाह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक हुन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आज अहिलेसम्मकै धेरै ५८६ जनामा देखियो कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं:  आज एकैदिन ५८६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो । आज ५८६ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भीटीएम अभावले सुदूरपश्चिममा स्वाब संकलन रोकियो

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि स्वाब संकलन कार्य फेरी रोकिएको छ ।

यसअघि परीक्षण क्षमता पर्याप्त नहुँदा रोकिएको स्वाब संकलन कार्य बीचमा सुचारु भए पनि अहिले भीटीएम (स्वाब राख्ने भाँडो) नहुँदा फेरी रोकिएको छ ।

थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया भीटीएम नभएपछि कोरोना परीक्षणका लागि आवश्यक स्वाब संकलन मंगलबारदेखि पूर्ण रूपमा रोकिएको प्रदेश स्वास्थ्य  निर्देशनालयका  निर्देशक डा गुणराज अवस्थीले बताए ।

उनले केन्द्रमै भीटीएमको मौज्दात सकिएकाले प्रदेशमा अभाव हुन आएको बताए ।  उनले भने,’भीटीएम सकिएपछि अहिले पूर्ण रूपमा स्वाब संकलनको कार्य पनि रोकिएको छ ।’

उनले भीटीएम संघीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरिएको बताए । मंगलबार यता सुदूरपश्चिम प्रदेशमा शंकास्पद र कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको समेत स्वाब संकलन हुन सकेको छैन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

शव वाहनले संक्रमित शव लान नमानेपछि गाउँपालिकाको गाडीमा लगियो

हेल्थ टिभी अनलाइन\बाँके:  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोनाका कारण मृत्यु भएकी महिलाको शव लैजान  शववाहन तथा एम्बुलेन्स नमानेपछि वैजनाथ गाउँपालिकाका अध्यक्षले आफनो गाडीको प्रयोग गरेका छन्।

अस्पतालको आइसीयूमा उपचाररत महिलाको सोमबार नै मृत्यु भएको भए पनि उनको कोरोना रिपोर्ट भने हिजो मंगलबार राती मात्र आएको थियो । उनको रिपोर्ट नआएकाले दाहसंस्कार गरिएको थिएन। हिजो राती नै रिपोर्ट आएको भए पनि बिहान अबेरसम्म शव लैजान शव वाहन तथा एम्बुलेन्स नपाएपछि वैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले आफनो गाडी शव लैजान दिएका हुन्।

शव बोक्न सबै निकायले इन्कार गरेपछि आफनै गाडी प्रयोग गर्न दिएको रुचालले बताए । कोहलपुर अस्पतालमा रहेको शवलाई मानखोलामा लगरे स्वास्थ्य मन्त्रालयको शव व्यवस्थापन कार्यविधि अनुसार व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए ।

लुपस रोगसँग जुध्दै आएकी महिलालाई जेठ ३० गतेदेखि आइसीयूमा राखे उपचार गरिएको र असार १ गते उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उता दाहसंस्कार गर्ने स्थानमा पनि स्थानीयले विरोध गरेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आईओएमको डीनका लागि तीन जनाको नाम सिफारिस

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान आईओएमको डीनका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

प्राडा प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटिले मंगलबार तीन जनाको नाम सिफारिस गरेको हो । उक्त सर्च कमिटिले डीनका लागि प्राडा प्रदीप वैद्य, प्राडा दिव्या सिंह शाह र प्राडा उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ ।

गत जेठ २२ गतेदेखि उमेर हदका कारण प्राडा जगदीशप्रसाद अग्रवालको कार्य अवधि सकिएपछि डीन सर्च गर्न तीन सदस्यीय कमिटी बनाइएको थियो । उक्त कमिटीका संयोजक प्राडा प्रदीप ज्ञवाली,डा सुवास आचार्य र प्राडा जीवन शेरचन रहेका छन्।

मंगलबार सिफारिस गरिएका तीनै जना आइओएममै कार्यरत छन्। यी मध्ये प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा शाहको सम्भावना बढी देखिएको स्रोतको दावी छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बर्दियामा एकैपटक थपिए ३१ जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं: बर्दियामा एकैपटक ३१ जना कोरोना संक्रमित थपिएका छन्।

भेरी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा बर्दिया जिल्लाका ३० जना पुरुष र १ जना महिला गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालले विज्ञप्ति जारी गर्दै बर्दियामा ३१ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बर्दिया बढैयातालका २६ जना, राजापुर ५ का एक जना र बाँसगढीका ३ जना रहेका छन्।

याेसँगै आज बाँके वैजनाथ ६ की ४६ वर्षकी महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएकाे छ । उनको मृत्यु सोमबार नै भएको भए पनि रिपोर्ट हिजो मंगलबार राती मात्र आएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोनाबाट एकैदिन २ हजार भन्दा बढी मानिसको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारतमा कोरोना भाइरस संक्रमणका कारण पहिलो चोटि एकै दिन २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा २ हजार तीन जनाको मृत्यु भएको हो। त्यहाँ गत २४ घण्टामा झण्डै ११ हजार कोरोना संक्रमित थपिएका छन्।

योसँगै भारतमा संक्रमितको कुल संख्या ३ लाख ५४ हजार नाघेको छ। तीमध्ये कोरोनाका कारण हालसम्म त्यहाँ ११ हजार ९ सय तीन जनाको मृत्यु भइसकेको छ । यसैगरी हालसम्म भारतमा १ लाख ८६ हजार जना कोरोना जितेर घर फर्केका छन्।

पछिल्लो समय अमेरिका, ब्राजिल, र रुसपछि भारतमा सर्वाधिक संख्यामा कोरोना संक्रमित देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बाँकेमा कोरोनाबाट ४६ वर्षीय महिलाको मृत्यु, मृत्युपछि मात्र कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोनाबाट नेपालमा थप  एक जनाको मृत्यु भएको छ । बाँकेको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचाररत ४६ वर्षीय महिलाको मृत्यु भएको हो ।

वैजनाथ गाउँपालिका -६ की ४६ वर्षीय महिलाको मृत्युपछि मात्र कोरोना  रिपोर्ट पोेजटिभ आएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिए । उनले भने, ‘कोहलपुरको मेडिकल कलेजमा आइसीयूमा उपचाररत एक महिलाको सोमबार मृत्यु भएको र उनमा मंगलबार मात्र कोरोना पुष्टि भएको हो ।’ उनले संक्रमित महिलाको शवको व्यवस्थापन स्वास्थ्य मन्त्रालयको कार्यविधि अनुसार आज गरिने पनि जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि जेठ ३० गते कोहलपुरस्थित मेडिकल कलेजमा भर्ना भएकी उनको सोमबार मृत्यु भएको हो । मंगलबार उनमा कोरोना संक्रमण भएको भनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

बाँकेमै कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि नरैनापुरमा क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: गण्डकी प्रदेशमा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै दुई जिल्ला गरी २१ जना संक्रमित थपिएको जनाएको छ ।

निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी बर्दघाट हुप्सेकोटका १४ जना पुरुषहरु यसैगरी मध्यविन्दु नगरपालिकाका २ जना। एक जना पालिका नखुलेका व्यक्ति कावासोती नगरपालिका १ जना गरी १८ जना रहेका छन्। यसैगरी पर्वत जिल्ला फलेवास नगरपालिकाका २ जना पुरुष र १ जना महिलामा पनि संक्रमण पुष्टि भएको छ । निर्देशनलयका अनुसार संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरु हुन्।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अर्को अस्पतालमा व्यवस्था नभएसम्म बिरामी रिफर गर्न नपाईने

हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक अस्पतालबाट अर्को अस्पतालमा बिरामी रिफर गर्दा बिरामीकोबारेमा सम्बन्धित डाक्टर तथा अस्पतालका प्रतिनिधिसँग कुरा गरेर मात्र पठाउन आग्रह गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै एक अस्पतालबाट अर्को अस्पतालमा बिरामी रिफर गर्दा समन्वय नभएकाले बिरामीले सास्ती भोग्नुपरेको भन्दै यस्तो नगर्न आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,’बिरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्दा अस्पतालहरुविच समन्वय नहुँदा बिरामी प्रत्यक्ष मर्कामा परेको साथै उपचार पाउन २\४ वटा अस्पतालमा जानुपर्ने बाध्यता भएकोे र सो क्रममा आवश्यक उपचार नपाई मृत्यु समेत भएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कुनै पनि एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्नुपर्दा रिफर भई जाने अस्पतालसँग समन्वय गरेर मात्र पठाउन भनिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको भर्चुअल सम्मेलन हुने

हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाका कारण स्थगित भएको राष्ट्रिय सम्मेलन भर्चुअल रुपमा गर्ने भएको छ ।

परिषदले आफनो स्थापना दिवसको अवसर पारेर गर्दै आएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन यही असार २२ र २३ गते गर्ने भएको हो । कोभिड-१९ को महामारीको कारण परिषदले नियमित वार्षिक रुपमा गर्दै आएको सम्मेलन स्थगित गरेको थियो।

परिषदका कार्यकारी सदस्य सचिव डा प्रदीय ज्ञवालीले कोरोना महामारीका कारण स्थगित भएको सम्मेलन भर्चुअल रुपमा गर्न लागिएको जनाकारी दिए । उनले विगत ५ वर्षदेखि यो सम्मेलन हुँदै आएको र यसको निरन्तरता जरुरी रहेको भन्दै भर्चुअल रुपमै भए पनि सम्मेलन गर्न लागिएको बताए । उनले यो भर्चुअल सम्मेलनमा अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरिने बताए ।

यसभन्दा अघि अप्रिल १० देखि १२ सम्म सम्मेलन गर्नका लागि मिति तय गरिएको थियो । सम्मेलनमा गत वर्षहरु जस्तै यस वर्ष पनि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न जिल्ला गरी थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्।

उनका अनुसार नेपालमा योसँगै संक्रमितको संख्या ६ हजार ५सय ९१ पुगेको छ । यसैगरी कोरोना जितेर घर फर्किनेको संख्या १ हजार १ सय ५८ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विश्वभर गत २४ घण्टामा १ लाख २४ हजार नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ८१ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  विश्वभर गत २४ घण्टामा १ लाख २४ हजार बढी कोरोना संक्रमित थपिएका छन्। वर्ल्डोमीटरका अनुसार २४ घण्टामा ज्यान गुमाउनेको संख्या ३ हजार बढी रहेको छ ।

यसैगरी हालसम्म विश्वभर ८१ लाख ८ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जबकी कोरोना भाइरसको संक्रमणबाट मृतयु हुनेको संख्या ४ लाख ३८ हजार ५९६ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ४१ लाख ९६ हजार ६१४ रहेको बताइएको छ ।

विश्वभर कोरोना संक्रमित मध्ये ६२ प्रतिशत संक्रमित ८ वटा देशमा रहेका छन्। यी ८ देश गरी संक्रमितको संख्या ५० लाख भन्दा बढी । कोरोनाबाट बसैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा मात्रै २१ लाख ८२ हजार ९४९ संक्रमित रहेका छन्। जबकी त्यहाँ मृत्यु हुनेको संख्या १ लाख १८ हजार २८३ रहेको छ ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं: गण्डकी प्रदेशमा थप १८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्याङ्जामा ४, गोरखामा १० पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा १\१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ । उता स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा कोरोना संक्रमण पाइएको छ ।

यस्तै पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका १\ १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

ताजा अपडेट