उपचार खर्च तिर्न नसक्दा क्यान्सर पीडित दिना अस्पतालमै अलपत्र

कल्पना आचार्य \काठमाडौं : बाँके खजुराकी २४ वर्षीया दिना परियार क्यान्सर लागेपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएको १० महिना भइसकेको छ ।

उनी त्रिवि शिक्षण अस्पतालको बेड नम्बर ६०४ मा बसेकी छिन्। फोक्सोको क्यान्सर लागेकी दिनाको उपचारमा संलंग्न चिकित्सक डा अन्जन श्रेष्ठले दश महिनाको उपचारपछि उनलाई अब अस्पतालको सेवा नचाहिने र फलो अपमा मात्र आए पुग्ने भन्दै डिस्चार्जका लागि लेखिदिइसकेका छन् । तर दिनाको आफनै व्यथा छ । सामान्य लुगा सिलाएर परिवार पाल्दै आएकी उनले सबैले सहयोग गरेर चन्दाबाट उठेको पैसाले अहिलेसम्मको उपचार त गरिन तर अस्पताल बसेको पैसा भने केही महिनादेखि  तिरेकी थिइनन्। अस्पतालले पनि प्रत्येक महिनाको बिल चढाउँदै गयो । अब अस्पताल बसेको मात्रै २ लाख बढी बिल आइसकेको दिना बताउँछिन्। त्यही पैसा तिर्न नसक्दा क्यान्सर जिते पनि उनी अस्पतालबाट घर जान सकेकी छैनन्।

उनको उपचार त भयो क्यान्सर निको पनि भयो तर उपचारको पैसा तिर्न नसक्दा एक महिना अघि डिस्चार्ज गर्न भनिए पनि घर जान पाएकी छैनन्। उनी भन्छिन्, ‘शुरुमा क्यान्सर लागेपछि यस्तो गरीब मान्छे कसरी उपचार गरेर बाँचुला जस्तो लागेको थियो तर अहिले डाक्टरले बचाउनु त भयो अब अस्पतालबाट कसरी बाहिर निस्कन सकुँला ।’ उनले रुँदै भनिन्, ‘सहयोगी हातहरुले मेरो व्यथा सुनेर यहाँबाट निकालिदिए म यो सबै कपडा सिलाएर भए पनि तिर्थे ।’

डा श्रेष्ठका अनुसार उनलाई अब पन्ध्र दिनमा एकपटक अस्पताल फलो अपमा आए मात्रै पुग्छ । अस्पताल बसिरहन पर्दैन्। डा श्रेष्ठले दिनालाई घर जानु भनेकै एक महिना भइसक्यो । तर उनी पैसा तिर्न नसक्दा अस्पतालबाट निस्कन सकेकी छैनन्। उता अस्पताल प्रशासनले पनि बिरामी निको भइसकेकोले छिटो भन्दा छिटो बेड खाली गरिदिन भनिरहेको छ । अन्य सिकिस्त बिरामीलाई बेडमा राख्नुपर्छ भन्दै बेडबाट निस्कन ताकेता गरिरहेको उनको भनाई छ ।

अस्पतालसँग कुरा गर्दा पूरा पैसा बुझाएपछि मात्र डिस्चार्ज हुन पाइने बताएको उनको गुनासो छ । दिना भन्छिन्, ‘आफै दुई छाक राम्ररी खान नपाएको पनि धेरै भइसक्यो यस्तो अवस्थामा लकडाउनले गर्दा सहयोग गर्न चाहने पनि आउन सक्नु भएको छैन्, म के गरौं भन्ने चिन्तामा छु।’

उनले भनिन्, ‘म जस्तो गरिबलाई क्यान्सर लाग्यो भने मर्नुको विकल्प हुँदोरहेनछ । तर पनि कोही ठुलो मन भएकाहरुले सहयोग गरेर मलाई यहाँबाट निकाल्न मद्दत गर्नुहुन्छ कि भन्ने आशामा छु । कृपया मलाई यहाँबाट निस्कन मद्दत गरिदिनुस्।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा थपिए १६ जना संक्रमित

गण्डकी प्रदेशमा थपिए १६ जना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा आइतबार बिहान थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप १६ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङका ९ जना, म्याग्दीका ४ जना, पर्वतका २ जना र तनहुँका १ जना रहेका छन्। उनीहरु अहिले सबै जना क्वारेन्टाइनमा रहेको र संक्रमण पुष्टि भएपछि सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

डडेल्धुरामा आइसोलेसनबाट भागेका ८ जना कोरोना संक्रमित प्रहरीको नियन्त्रणमा

शेर भण्डारी \डडेल्धुरा:  डडेल्धुरामा आइसोलेसनमा रहेका ८ जना कोरोना संक्रमित भागेका छन्।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–१२ मा रहेको शिद्धनाथ आधारभुत विद्यालयको आइसोलेसनमा रहेका संक्रमित शनिबार भागेका हुन्।

वडा नं ५ मा रहेको क्वारेन्टाइनबाट शुक्रवार कोरोना परीक्षण पोजेटिभ आएपछि उनीहरुलाई आईसोलेसनमा राख्ने भनेर शिद्धनाथ आधारभूत बिद्यालयमा लगिएको थियो ।

भागेकाहरुलाई नियन्त्रणमा लिएर आइसोलेसनमा राखिएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। शुक्रबार राती र शनिबार दिनभरि आफूहरुलाई भोकै राखेको र अन्य कोरोना पोजेटिभ गाँउमा नै बसेकोले आफूहरु भागेको संक्रमितहरुको बताएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा शनिबार साँझ थपिए ५० जना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा आज साँझ थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज साँझ ७:४५ बजे विज्ञप्ति जारी गर्दै ४ जिल्लामा ५० जना संक्रमित थपिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा तनहुँका २ जना, बाग्लुङका २९ जना, नवलपरासीका १८ र मुस्ताङका १ जना गरी ५० जनामा कोरोना देखिएको हो । निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार संक्रमित सबैजना अहिलेसम्म क्वारेन्टाइनमा रहेको र उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा शनिवार थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\डडेल्धुरा: सुदूरपश्चिममा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका ९ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र ७ पुरुष गरी १२ जना र कैलालीका १ पुरषमा कोरोना पुष्टि भएको हो ।

यसैगरी शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका २ पुरुषमा पनि संक्रमण पुष्टि भएको बताइएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८ सय ७९ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा शनिबार थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आज थपिएका ३३१ सहित नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५सय ७८ पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमणका कारण २२ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मिर्गौला प्रत्यारोपण गरेका कोरोना संक्रमितको अवस्था गम्भीर, पाटन अस्पतालको भेन्टिलेटरमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन\काठमाडौं : मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गराएका एक बिरामीमा कोरोना संक्रमण देखिएपछि उनको नर्भिक हुँदै पाटन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको अवस्था गम्भीर र स्थिर रहेको छ ।

तीन महिना अघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गराएका चितवनका ६० वर्षीय पुरुषको स्वास्थ्यमा समस्या आएपछि तीन साताअघि अस्पताल भर्ना भएको अस्पतालकी चिकित्सक डा कल्पना श्रेष्ठले बताईन्। उनले भनिन, ‘हामीकहाँ मिर्गौला प्रत्यारोपण गरेर गएका एक पुरुषमा कोरोना संक्रमण देखिएपछि उनको अहिले पाटन अस्पतालको भेन्टिलेटरमा उपचार भइहरेको छ ।’

उनले बिरामी १६ दिन मानव अंग प्रत्यारोपण केन्द्रमा भर्ना भएको र कोरोनाको आशंका लागेर परीक्षण गर्दा गत बुधबार रिपोर्ट पोजेटिभ आएको जानकारी दिइन्। उनले रिपोर्टका लागि आफूहरुले पीसीआर परीक्षण गर्न स्वाब संकलन गरेर टेकुमा पठाएको भए पनि रिपोर्ट आउनुभन्दा एक दिन अघि बिरामी सिरियस भएर भेन्टिलेटरसहितको आइसीयू चाहिने भएकाले नर्भिक अस्पतालमा पठाएको र त्यही हुँदा रिपोर्ट पोजटिभ आएपछि पाटन अस्पताल लगिएको पनि जानकारी दिईन्।

बिरामीको छातीमा इन्फेक्सन भएकाले श्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ ।  बिरामी १६ दिन अस्पताल बस्दा चिकित्सकसहित २५ जना भन्दा बढी स्वास्थ्यकर्मी सम्पर्कमा आएकाले सबैलाई क्वारेन्टाइनमा राखी कोरोना परीक्षण गरिएको थियो । ती मध्ये १२ जनको रिपोर्ट नेगेटिभ आइसकेको डा श्रेष्ठले जानकारी दिइन्। उनले अन्यको भने रिपोर्ट आउन बाँकी रहेको बताईन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कैलालीमा कोरोनाबाट मृत्यु भएका व्यक्तिका श्रीमती र दुई छोरामा पनि देखियो संक्रमण

हेल्थ टिभी अनलाइन\डडेल्धुरा:  कैलालीको गोदावरी नगरपालिका -१ मा कोरोना संक्रमणबाट बुधबार मृत्यु भएका ४६ वर्षीय पुरुषको सम्पर्कमा रहेका श्रीमती र छोरामा पनि कोरोाना संक्रमण देखिएको छ ।

शुक्रबार धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा मृतककी ४१ बर्षिय श्रीमती र उनका १६ र २१ वर्षीय छोराहरुमा कोरोना संक्रमण पृष्टि भएको हो ।

यसैगरी सोहि ठाउँका ५८ बर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मृत्यु भएका ४६ बर्षिय पुरुषमा जेठ ३२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बुधवार सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा शनिबार बिहान थपिए ५८ जना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा शनिबार बिहानै थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा गरिएको परिक्षणमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।

निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेहरुमा तनहुँका २५ जना, नवलपुरका १६ जना,गोरखाका ५ जना,म्याग्दीका १ जना, कास्कीका २ जना,स्याङ्जाका १ जना र बाग्लुङका ८ जना रहेका छन्।

निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले उनीहरु सबै क्वारेन्टाइनमा रहेका भएको र अहिले सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक डा खड्गाको कार्यकाल सकियो

हेल्थ टिभी अनलाइन\काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्राडा प्रेम खड्गाको कार्यकाल आज सकिएको छ ।

१८ महिनाअघि कार्यकारी निर्देशकमा नियुक्त भएका डा खड्गाले ६५ वर्षको उमेर हदका कारण अवकाश पाएका हुन्। डा खड्गा २०७५ साल मंसीर २८ गते त्रिवि शिक्षण अस्पतालको निर्देशकमा नियुक्त भएका थिए ।

डा खड्गाले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै आफूले ४५ वर्ष अघि आईओएमबाटै सेवा शुरु गरेको र आईओएमबाट नै रिटायर्ड हुन पाउँदा खुशी लागेको बताए । उनले भने, ‘मैले यहीं ४५ वर्ष सेवा गरेर बिताएँ, अब पनि बिरामीकै सेवामा लाग्नेछु  तर कुन रुपमा कसरी भन्ने अहिले नै चाहिं सोचेको छैन्।’

शुक्रबार अस्पतालमा एक कार्यक्रम गरी उनलाई बिदाई गरिएको थियो । उनीसँगै शुक्रबार प्राडा अरुण सायमी, प्राडा प्रदीपकृष्ण श्रेष्ठ र प्राडा जेपी अग्रवाललाई पनि बिदाई गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बाँके र बर्दियामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं: बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार साँझ २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले साँझ ६ बजे विज्ञप्ति जारी गर्दै बाँके र बर्दियाका गरी थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बाँके राप्ती सोनारीका ७ जना, वैजनाथ गाउँपालिकाका ७ जना गरी १४ रहेका छन्।

यसैगरी बर्दिया बढैया तालका २ जना, गेरुवाका १ जना र गुलरियाका ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिमममा थप १८ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा:  सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि भएको छ।

धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा शुक्रबार थप १८ जनामा कोरोना पुष्टि भएको हो। कैलालीका ७, डोटीका ४ र कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

शुक्रबार कोरोना देखिनेमा कैलालीको गोदावरी नगरपालिकाका ४, बर्दगोरीयाका २ र जानकीका १, बडिकेदार डोटीको बडिकेदारका ४ जना र कञ्चनपुरको पुनरवासका १ जा रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

यसअघि शुक्रबार नै डडेल्धुरामा थप ६ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा जिल्लाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

परशुराम नगरपालिकाका ५ जना र गन्यापधुरा गाउँपालिकाका १ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय ३५ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २७४ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय २ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा एकैदिन थपिए १३ हजार भन्दा बढी संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं:  भारतमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा १३ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

त्यहाँ गत २४ घण्टामा १३ हजार ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । भारतमा एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो। यसैगरी एकैदिन ३३६ जनाको ज्यान गएको छ ।

हालसम्म भारतमा ३ लाख ८० हजार ५ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ हजार ५३७ जनाको मृत्यु भइसकेको छ । यसैगरी २ लाख ४ हजार ७ सय दश जनाले कोरोना जितेका छन्। भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

एउटै अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अस्पतालका सबै सेवा बन्द

हेल्थ टिभी अनलाइन\काठमाडौं: पर्वत जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ ।

पर्वत जिल्ला अस्पतालले आज बिहान सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि अस्पतालको इमरजेन्सी बाहेकको सबै सेवा बन्द  गरिएको  जनाएको हो ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आजै अस्पतालका डाक्टरसहित ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि इमर्जेन्सीबाहेक अरु सबै सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा शिशिर देवकोटाले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\काठमाडौं : गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गर्दै थप २४ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।

निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा नवलपरासीका २ जना, बाग्लुुङका १४ जना, कास्कीका ६ जना र स्याङ्जाका २ जना गरी २४ जना रहेका छन्। उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आईओएमका डीन प्राडा दिव्यासिंह शाहद्वारा पदवहाली

हेल्थ टिभी अनलाइन\काठमाडौं: त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का नवनियुक्त डीन प्राडा दिव्या सिंह शाहले आज पदवहाली गरेकी छिन्। सरकारले उनलाई हिजो डीनमा नियुक्त गरेको थियो । डा शाहको संस्थानमा कार्यकाल ४ वर्षको हुनेछ ।

डा शाहले आज दिउँसो कार्यालय महाराजगंज पुगी पदवहाली गरेकी हुन्। डीन कार्यालयमा मेडिकल विद्यार्थीले ताला लगाएपछि उनले सँगै रहेको अर्को भवनमा पदवहाली गरेकी हुन्।

पदवहालीपछि डीन शाहले आईओएममा थुप्रै सुधार गर्नुपर्ने कुराहरु रहेको भन्दै त्यसलाई प्राथमिकताका आधारमा काम गर्दै जाने बताइन्। उनले सबै कर्मचारीको साथ र सहयोगको अपेक्षा गरेको पनि बताइन्। यसभन्दा अघिका डीन प्राडा जगदीशप्रसाद अग्रवालको उमेर हदका कारण गत जेठ २२ गते पदावधी सकिएपछि डीन पद रिक्त थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

क्वारेन्टाइनबाट घर फर्केका ५८ जनामा देखियो कोरोना

हेल्थ टिभी अनलाइन\डडेल्धुरा: डडेल्धुरामा क्वारेन्टाइनबाट घर गएका ५८ जनाको कोरोना रिपार्ट पोजिटिभ आएको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले क्वारेन्टाइनबाट घर पठाएकामध्ये ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। गाउँपालिकाले कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरी एक हप्ताअघि घर पठाएको थियो।

कोरोना परीक्षणको रिपोर्ट नआउँदै घर पठाएका गन्यापधुरा गाउँपालिकाका ५८ जनामा संक्रमण भएको रिपोर्ट बिहीबार आएपछि गाउँपालिकाभर नै सन्त्रास फैलिएको छ।

गन्यापधुरा स्वास्थ्य शाखा प्रमुख बासुदेव नौन्यालका अनुसार क्वारेन्टाइनमा राखेको १४ दिनसम्म कसैमा पनि कोरोनाको कुनै पनि लक्षण नदेखिएको र स्वाब परीक्षणको रिपोर्ट आउन ढिला भएकोले क्वारेन्टाइनबाट घर पठाइएको हो।उनले भने, ‘रिपोर्ट आउन ढिला हुने र कुनै पनि व्यक्तिमा पनि कोरोनाको लक्षण देखिएको थिएन त्यसैले हामीले होम क्वारेन्टाइनमा बस्नु बनेर घर पठाएका हौं,आज उहाँहरुको रिपोर्ट पोजेटिभ आएको छ।’

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार डडेल्धुरा जिल्लाका ८३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। गन्यापधुरा गाउँपालिकाका ५८, परशुराम नगरपालिकाका २१ र अजयमेरु गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण देखिएको हो।

पीसीआर परीक्षणको रिपोर्ट नआउँदै स्थानीय तहहरुले घर पठाउँदै गर्दा क्वारेन्टाइन बसेका परिवारका साथै छिमेकीहरुलाई समेत कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सेती अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमितको अन्त्येष्टि गरियो

हेल्थ टिभी अनलाइन \डडेल्धुरा: कोरोना संक्रमणका कारण बुधबार सेती अस्पतालमा मृत्यु भएका पुरुषको शव सेनाले ब्यवस्थापन गरेको छ ।

मृतकको शव मोहना नदी किनारमा स्वास्थ्य मन्त्रालयको शव व्यवस्थापन सम्बन्धी मापदण्ड अनुसार व्यवस्थापन गरिएको हो । हिन्दु संस्कार अनुसार मृत्यूपछिको कर्मकाण्ड पुरा गरी आफन्तसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रोहवरमा शवको व्यवस्थापन गरिएको बताइएको छ ।

मृतकको शव व्यवस्थापन गर्ने क्रममा सेनाका तोकिएका व्यक्ति बाहेक मृतकका आफन्तले टाढैबाट हेरेका थिए। कोरोना संक्रमितको मृत्यु भएमा परिवारले शव छुन नपाउने र टाढैबाट हेर्न सकिने उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा एकैदिन थपिए ६७१ जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा एकैदिन थप ६७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा ६७१ जना संक्रमित थपिएको जनाएको हो । योसँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको छ भने १हजार १८६ जना डिस्चार्ज भएका छन् ।

ताजा अपडेट