Health TV Online
Health TV Online
Health TV Online

कैदीबन्दीको स्वास्थ्य परीक्षण

कैदीबन्दीको स्वास्थ्य परीक्षण

पर्वत : जिल्ला कारागार पर्वतमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो।

पर्वत जिल्ला कारागारमा रहेका करिब कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सजिला महर्जनले बताइन्। कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीको एचआईभी परीक्षण गर्नुका साथै सबैको क्षयरोग र पूर्णरूपमा स्वास्थ्य परीक्षण गरिएको महर्जनले जानकारी दिइन्।

महर्जनका अनुसार केही बिरामीमा मधुमेहको समस्या देखिएकोले थप परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा बोलाइएको छ। कारागारका कैदीबन्दीको जिल्ला अस्पताल पर्वतका चिकित्सकले परीक्षण गरेका थिए।

परीक्षणका क्रममा सामान्य रुघाखोकी र नियमित औषधि सेवन गर्नुपर्नेलाई औषधिसमेत वितरण गरिएको थियो। विभिन्न कसुरमा बन्दी जीवन बिताइरहेकालाई कारागारभित्र रहुञ्जेलसम्म स्वस्थ राख्ने उद्देश्यले पहिलोपटक स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख भुवनेश्वर तिवारीले बताए।

२५ जना क्षमताको जिल्ला कारागारमा अहिले झण्डै चार गुणा बढी कैदीबन्दी रहेका छन्। सङ्ख्या अत्यधिक हुँदा स्वास्थ्यलगायत समस्या भएको उनीहरूको गुनासो छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार