Health TV Online
Health TV Online
Health TV Online

विश्व क्षयरोग दिवस मनाइँदै

विश्व क्षयरोग दिवस मनाइँदै

काठमाडाैं : आज विश्व क्षयरोग दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाइँदैछ । ‘समय अबको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ आज रोग विरुद्ध जनचेतना जगाउन राष्ट्रिय क्षयरोग केन्द्र लगायतका संस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्दैछन्। ।

स्वास्थ्य मन्त्रालयले क्षयरोग नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्दै यसको औषधि उपचार निशुल्क गरेकाे  छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन् । त्यसैगरी अहिले नेपालमा नयाँ र पुराना गरी ६० हजार भन्दा बढी क्षयरोगी रहेको आँकलन गरिएको छ।  कूल मृत्यु हुने रोगमध्ये क्षयरोग सातौँ नम्बरमा रहेको छ

के हो क्षयरोग ?
क्षयरोग माइकोब्याक्टेरिया ट्युबरक्लोसिस नामक सुक्ष्म किटाणुबाट हुने सरुवा रोग हो । यो रोग संत्रमित ब्यक्तिले खोक्दा, हाछ्युँ गर्दा हावाको माध्यमबाट एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्दछ ।

क्षयरोगका लक्षण

दुई हप्ता भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु,खोक्दा छाती दुख्नु,साँझपख ज्वरो आउनु, कमजोर हुँदै जानु, तौल घट्नु, खान मन नलाग्नु यसका लक्षणहरू हुन्।

राेग लागेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क राख्ने,स्वास्थ्यकर्मीको सल्लाह बमोजिम खकार जाँच गराउने,क्षयरोग भएको पत्ता लागेमा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम नियमित औषधि सेवन गर्ने ,(डट्स स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार)  विधिबाट पूरा औषधिको मात्रा सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार